Friday, November 8, 2013

फरक पेसामा श्रमस्वीकृत लिएका कामदार पनि विदेश जान पाउने

२२ कात्तिक, काठमाण्डौं । पूर्व र अन्तिम श्रमस्वीकृतिमा पेसा फरक परे
पनि नेपाली कामदार वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । म्यानपावर
एजेन्सीले पूर्व श्रमस्वीकृति लिएभन्दा फरक पेसामा कामदार पठाउने बाटो
सरकारले खुला गरिदिएको हो ।
कात्तिक १४ गतेको मन्त्रिपरिषदको बैठकले पूर्व श्रमस्वीकृतिभन्दा फरक
पेसामा कामदारको भिसा आए पनि अन्तिम श्रमस्वीकृति दिने निर्णय गरेको थियो
। सरकारको निर्णयसँगै पेसा फरक परेका कारण रोकिएका हजारौं कामदार विदेश
जान पाउने भएको कारोबार दैनिकमा खबर छ ।
२ वर्षदेखि म्यानपावर व्यवसायीले फरक पेसामा पनि अन्तिम श्रमस्वीकृति
दिनुपर्ने व्यवस्था माग गर्दै आएका थिए । तत्कालीन प्रधानमन्त्री बाबुराम
भट्टराईले वैदेशिक रोजगार ऐनमै संशोधन गर्नुपर्ने भएकाले सम्भव नभएको
बताएका थिए । अहिले भने बाधा अड्काउ फुकाउ धारा प्रयोग गरेर फरक पेसामा
पनि अन्तिम श्रमस्वीकृति दिने निर्णय सरकारले गरेको हो ।

No comments:

Post a Comment