Sunday, November 10, 2013

मलेसियाको भिसा शुल्क ५ गुणा बढ

२४ कात्तिक, काठमाण्डौं । मलेसियाली दूतावासले नेपाली कामदारको भिसा
रेमिट्यान्स शुल्क ७ सय रुपैयाँबाट ५ गुणा बढाएर ३ हजार ९ सय रुपैयाँ
पुर्याएको छ । एकैपटक बढाइएको ३ हजार २ सय रुपैयाँले पहिलो श्रम गन्तव्य
मलेसिया जाने नेपालीलाई थप आर्थिक भार पर्नेछ ।
यो वृद्धिमा भिसा स्ट्याम्पिङबापत मात्रै वाषिर्क ३२ करोड रुपैयाँ भन्दा
बढी भार थपिन्छ । मलेसियामा वाषिर्क १ लाखभन्दा बढी नेपाली काम गर्न
जानेगरेको कारोबार दैनिकमा खबर छ ।
एकै पटक बढाउँदा कामदारलाई समस्या हुने भएकाले सरकारले कूटनीतिक
माध्यमबाट घटाउन पहल गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनाल
भन्छन्, 'यो हामीबाट सम्भव छैन, सरकारले नै पहल गर्नुपर्छ । हामीले
दूतावासलाई दबाब दिँदा कूटनीतिक सम्बन्ध विग्रन सक्छ ।' आतइतबार बस्ने
संघको बैठकले श्रम तथा रोजगार मन्त्रालयलाई पहलका लागि दबाब दिने जानकारी
उनले दिएका छन् ।

No comments:

Post a Comment