Wednesday, November 6, 2013

उम्मेदवारको आँखामा ठूला गाविस

पाल्पा, कार्तिक २० - यतिबेला सबै राजनीतिक दलका उम्मेदवारको पहिलो रोजाइ
ठूला गाविस बनेको छ । जहाँको मत चोर्ने दाउमा सबै उम्मेदवार लागेका हुन्

तर, गत संविधानसभा निर्वाचनको मत अन्तरलाई आधार मान्ने हो भने क्षेत्र
तीनमा ठूला तीन दलका लागि जुनसुकै गाविस पनि निर्णायक बन्न सक्ने अवस्था
छ ।
ती ठूला गाविसमा उनीहरु आफ्नो पक्षमा भोट बढाउन र विपक्षीका भोट काट्न
लागि परेका छन् । राजनीतिक दल, उम्मेदवार चुनावका लागि ती गाविस
महत्वपूर्ण मान्दै त्यही केन्द्रीत बनेका छन् । 'ठूला गाविसमा मत चोर्न
नसके चुनाव जित्नै समस्या हुन्छ' कांग्रेस क्षेत्र न २ का सभापति
कृष्णप्रसाद बस्यालले भने, 'त्यसैले पनि त्यही प्रयास गर्न जानै पर्छ ।'
उनले अहिले तीन ठूला दलका उम्मेदवारहरु ठूला गाविसमा मत तान्ने प्रयासमा
रहेको बताए । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा अहिले ठूला गाविसमा
उम्मेदवारको तारो बनेका छन् ।
मतदालाई प्रलोभानमा पार्ने, घरदैलो गर्ने, मतदाता भेटघाट गर्ने झुटा
आश्वासन बांड्नेसम्मका खेल ती गाविसमा भएका छन् । केही उम्मेदवार लिखित
कागज गर्दै आफू पक्का मन्त्री हुने र बाटो ग्राभेल गर्ने, पक्की
मोटराबाटो बनाउने जस्ता झुठा आश्वसान दिएको एकले अर्कोलाई आरोप लगाउनसमेत
सुरु भएको छ । एक लाख ३८ हजार मतदाता रहेको यस जिल्लामा तीनवटा मध्ये
सबैमा समान मतदाता छन् । क्षेत्र १ मा ४५ हजार १ सय ५४, क्षे २ मा ४५
हजार ८ सय ७५, क्षेत्र ३ मा ४६ हजार ४ सय ३२ मतदाता छन् ।
क्षेत्र १ मा ०४८ मा कांग्रेस र त्यसपछिका सबै निर्वाचनमा लगातार एमालेले
आफ्नो पकड जमाउदै आएको छ । यस क्षेत्रका लागि निर्णायक क्षेत्र भनेको
रामपुर, दर्छा, खालीवन नै हुन् । त्यसमध्ये रामपुरमा यस पटक ५ हजार ६ सय
५१ मतदाता छन् ।
रामपुरपछि निर्णायक बन्न सक्ने दर्छामा ३ हजार ९ सय ५५ र खालिवनमा ३ हजार
१ सय १४ मतदाता छन् ।
गत संविधान सभा निर्वाचनमा क्षेत्र एकको रामपुरबाट एमालेले १ हजार ५ सय
२६, कांग्रेसले २ हजार ५ सय ११ र नेकपा माओवादी ३ सय ६१ मत पाएका थिए ।
खालिवनमा एमालेले १ हजार १ सय ४०, कांग्रेसले १ हजार ८२ र माओवादीले २ सय
९८ मत पाएका थिए ।
त्यस्तै दर्छाबाट एमालेले १ हजार ८ सय ३०, कांग्रेसले १ हजार ७ सय ६३ र
माओवादीले १ सय ४५ मत पाएका थिए । क्षेत्र १ मा बहादुरपुर सबैभन्दा कम
मतदाता संख्या भएको गाविस हो, जहाँ ७ सय २६ मतदाता छन् ।
क्षेत्र २ मा मदनपोखरा गाविस सबैभन्दा बढी मतदाता भएको गाविस हो । यस पटक
पनि ३ हजार ५ सय ८८ मतदाता छन् । दोभान क्षेत्र न २ का लागि निर्णायक
गाविस हुन सक्छ । जहाँ यस पटक ३ हजार ३ सय ३८ मतदाता छन् ।
यस्तै, पिपलडाँडा २ हजार ९ सय ५५, कसेनी २ हजार ७ सय ८४, चिर्तुङधारा २
हाजर ६ सय ४५ र मस्याममा २ हजार ५ सय १२ मतदाता छन् । यी गाविस निर्णायक
रुपमा देखिएका छन् ।
अघिल्लो संविधानसभामा मदनपोखरामा एमालेले १ हजार ७ सय ८०, कांग्रेसले ४
सय ५१ र माओवादीले ५ सय ५१ मत पाएका थिए । दोभानबाट एमालेले ३ सय ३०,
कांग्रेसले ४ सय ६४ र माओवादीले १ हजार ४ सय ८८ मत पाएका थिए । त्यस्तै
पिपलडाँडाबाट एमालेको ५ सय ७९, कांग्रेसको ८ सय ५० र माओवादीको ८ सय ९०
मत थियो । चिर्तुङधाराबाट एमालेले ३ सय ४२, कांग्रेसले ४ सय २८ र
माओवादीले १ हजार २ सय ४ मत पाएका थिए ।
मस्याममा एमालेले ७ सय ६, कांग्रेसले ५ सय ३० र माओवादीले ६ सय २ मत
पाएका हुन् । यो क्षेत्रमा रुप्से सबैभन्दा कम १ हजार १ सय ४२ मतदाता
भएको गाविस हो ।
क्षेत्र ३ का लागि तानसेन नगरपालिका सबैभन्दा बढी निण्र्ाायक हुने अनुमान
दल र उम्मेदवारको छ । तानसेनका १५ वडामा १० हजार ९ सय ७९ मतदाता छन् ।
तानसेन, ११ मा सबैभन्दा बढी १ हजार २ सय १७ मतदाता छन् । त्यसपछि तानसेन,
९ मा १ हजार १ सय ९५ र तानसेन, १० मा १ हजार १ सय २८ मतदाता छन् ।
क्षेत्र ३ मा मत फरक पार्ने गाविससमेत छन् । त्यहा आउने मत कुनै पनि
उम्मेदवारका लागि हारजितको कारण बन्न सक्ने अवस्था छ । छहरा सबैभन्दा
बलियो छ । यहाँ २ हजार ८ सय ७१ मतदाता छन् ।
भुवनपोखरीमा २ हजार ७ सय ५५ मतदाता छन् । अर्गलीमा २ हजार २ सय २७ मतदाता
छन् । यी गाविसले निर्वाचनमा हारजितलाई असर गर्नेगर्छ ।
पहिलेको संविधानसभा चुनावमा क्षेत्र ३ को छहराबाट एमालेले ७ सय २४,
कांग्र्र्रेसले ९ सय ३५ र माओवादीले ५ सय ५६ मत पाएका थिए । भुवनपोखरीमा
एमालेले ७ सय ८३, कांग्रेसले ७ सय ६, माओवादीले ७ सय ९६ मत पाएका थिए ।
अर्गलीमा एमालेले ५ सय ४९, कांग्रेसले ६ सय ८७ र माओवादीले ६ सय ४५ मत
पाएका हन् । तानसेनको वडा नम्बर ११ मा एमालेले ३ सय ३३, कांग्रेसले ३ सय
१० र माओवादीले २ सय ७४ मत पाएका थिए । वडानम्बर ९ मा एमालेले ३ सय ४९,
कांग्रेसले २ सय ३० र माओवादीले २ सय ८० मत ल्याएका थिए ।
तानसेनकै, १० नम्बर वडाबाट एमालेले १ सय ६३, कांग्रेसले २ सय ४ र
माओवादीले ३ सय ७३ मत पाएका हुन् । क्षेत्र ३ मा कुसुमखोला सबैभन्दा कम
१ हजार १९ मतदाता संख्या भएको गाविस हो ।
प्रकाशित मिति:२०७० कार्तिक २० ० source kantipur.com

No comments:

Post a Comment