Wednesday, November 13, 2013

प्रचण्डको गाडीलाई लक्षित गरी विष्फोट

२७ कात्तिक, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई
लक्षित गरी कञ्चनपुरको ढक्कापुरमा आज बिहान बम बिष्फोट गराइएको छ ।
बेलौरीतर्फ गईरहेका प्रचण्डको गाडीलाई लक्षित गरी गराइएको बिष्फोट
शक्तिशाली रहेपनि कुनै क्षति नभएको सुरक्षास्रोतले जनाएको छ ।
बाटोको ५-७ मिटर छेउमा राखिएको बम बिष्फोट गराउन ४-५ सय मिटर तार जोडिएको
पाइएको सुरक्षास्रोतले जानकारी दिएको छ । बिष्फोट गराउनेहरुको अहिले खोजी
भइरहेको प्रहरीले जनाएको छ ।
मेची महाकाली अभियानको समापनका लागि मंगलबार प्रचण्ड कञ्चनपुरमा पुगेका
थिए । चुनावी कार्यक्रममा सहभागी भएर आजै अपरान्ह उनी काठमाण्डौ र्फकने
कार्यक्रम छ ।

No comments:

Post a Comment