Saturday, November 16, 2013

खुट्टा नकमाउन प्रचण्ड र सुशीललाई झलनाथको सुझाव

२९ कात्तिक, सिरहा । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनमा
खुट्टा नकमाउन एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील
कोइरालालाई सुझाव दिनुभएको छ ।
शुत्रबार प्रचण्डको चुनाव क्षेत्र सिरहा-५ मा पुग्नुभएका अध्यक्ष खनालले
शीर्षनेताहरुलाई चुनाव जिताउने तालमेलका लागि कुनै पनि सहमति नभएको
बताउनुभएको छ ।
प्रेस चौतारीले शुक्रबार सिरहामा गरेको पत्रकार सम्मेलनमा खनालले आफुसाग
कुनै पनि दलका नेतालाई जिताउने गरी सहमति नभएको स्पष्ट पार्दै भ्रम
सिर्जना गरेर निर्वाचन जित्ने प्रपन्चमा नलाग्न अन्य दलका
शीर्षनेताहरुलाई सुझाव दिनुभयो । 'सबै नेताहरु जनताबाट अनुमोदित भएर
आउनुको कुनै विकल्प छैन, स्वस्थ र मर्यादित रुपले प्रतिश्पर्धा गर्न
एमाले संधै तयार छ, प्रचण्ड र सुशील कोइरालाहरुले पनि खुट्टा कमाउने काम
नगर्नुहोला' खनालले सुझाब दिनुभयो ।
अध्यक्ष खनालले जनताका बीचमा भ्रम सिर्जना गरेर निर्वाचन जित्ने कुचेष्टा
नगर्न समेत एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिनुभयो । उहााले
निर्वाचनको अन्तिम घडीमा कसैसंग दलसाग तालमेल हुने सम्भावना नरहेको भन्दै
निर्वाचन जित्न कुनै पनि कसर बााकी नराख्न कार्यकर्तालाई निर्देशन
दिनुभयो ।
एकीकृत माओवादी अध्यक्ष दाहालले केही दिनअघि सिरहा पुगेर शीर्ष
नेतृत्वलाई जिताउने सहमति भएको बताएको भन्दै एमाले अध्यक्ष खनाल
प्रचण्डको चुनाव क्षेत्रमा पुग्नुभएको हो ।

No comments:

Post a Comment