Monday, November 11, 2013

३३ दलको बन्दले देशभरको जनजीवन प्रभावित, ठाउँठाउँमा बम आतंक

२५ कात्तिक, काठमाण्डौं । नेकपा-माओवादीसहित विभिन्न ३३ दलले गरेको
आमह्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ३३ दलमै सहभागीहरु
बन्द आह्वान गर्दै विहानैदेखि सडकमा उपस्थित भएर प्रदर्शन गर्नुका साथै
बन्द गराउँदै हिँडिरहेका छन् ।
यस अघि सरकारले बन्दको क्रममा भएको क्षतिको क्षतिपूर्ति दिने भन्दै सवारी
सञ्चालन गर्न आह्वान गरेको भए पनि सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका
छैनन् ।
बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा सतर्कता अपनाएको छ । प्रहरी तथा
नेपाली सेनाले विहानैदेखि सुरक्षा दिइरहेका छन् । सडकहरुमा उल्लेख्य
संख्यामा सुरक्षाकर्मी रहेका छन् । बन्द गराउँदै हिँड्ने २५ जना बन्द
कर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
अरनिको यातायातका तीन बसमाथि आगजनी
बन्द आह्वान गर्दै हिँडेका ३३ दलका कार्यकर्ताले दोलखामा रोकिराखेका
अरनिको यातायातका ३ वटा बसमा आगजनी गरेको छ । पार्किङ गरेर राखेको बा ३ ख
१८०६, बा २ ख ३५३४ र सानोठिमीमा ना ३ ख ३६११ नम्बरको बसमा आगजनी गरेको हो

नागरिक दैनिकको गाडी तोडफोड
नागरिक दैनिकको सवारीसाधनलाई पनि बन्दकर्ताले तोडफोड गरेका छन् । बन्दका
बेला प्रेसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिने भएपिछि उनीहरुले
कोटेश्वरमा बा ४ च ४८७२ नम्बरको गाडीमा ढुंगाले हानेर क्षति पुर्एको
प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो ।
त्यस्तै तीनकुनेमा पार्किङ गरेर राखेको बा ६ च ५५११ नम्बरको सवारी र बा ३
च ७८२२ नम्बरको सवारीमा पनि तोडफोड भएको छ ।
त्यस्तै टि्रटन कलेजमा पार्किङ गरेर राखेको बा ४ च २४३२ नम्बरको सेन्ट्रो
कारमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।
ठाउँठाउँमा बम आतंक
राजधानीका विभिन्न स्थानमा भेटिएका शंकास्पद बस्तुले स्थानीयबासीलाई
विहानैदेखि आतंकित बनाएका छन् । शंकास्पद बस्तु देखेपछि स्थानीयले
प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त स्थानमा गएर शंकास्पद बस्तुलाई
हेर्दा बम नभएको पुष्टि भएको छ ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थिति नेपाल विद्युत प्राधिकरणको अगाडी रहेको
शंकास्पद बस्तु डिस्पोज गरिएको छ भने अन्य स्थानमा भेटिएका खतराका चिन्ह
सहितका शंकास्पद बस्तुलाई निस्त्रिmय पारिएको छ ।
राजधानीको बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजार लगायतका स्थानमा कुकर
तथा बोरा राखेर बमको संकेतसहित खतराको चिन्ह अंकित गरिएको थियो ।
बन्दलाई सफल बनाउन र स्थानीयलाई त्रसित पार्न बन्दकर्ताले आतंक फैलाएको
हुनसक्ने प्रहरीको भनाई छ ।

No comments:

Post a Comment