Tuesday, March 5, 2013

सामुहिक बलत्कारमा संलग्न दुई जनालाई १३ बर्ष कैद सजाय

२२ फागुन, बैतडी । जिल्ला अदालत बैतडीले एक किशोरीको सामुहिक बलत्कारको
अभियोगमा पक्राउ परेका २ जनालाई १३ वर्ष कैदको फैसला सुनाएको छ । अदालतका
न्यायाधीश हिमालय राज पाठकको एकल इजलाशले एक किशोरीलाई सामुहिक बलत्कारको
आरोपमापक्राउ परेको एक वर्षपछि गुजर-३, का २८ बर्षीय अमरराज अवस्थी र
भुमेश्वर-२, का सागर भट्टलाई १३ बर्षको जेल सजाय सहित जनहि ५० हजार
रुपैयाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार खेम नारायण
लामिछाने जानकारी दिनुभयो । जिल्लाको पाटन गाबिसमा गत चैत्र ९ गते
कैलपाल-२, कि एक किशोरीलाई फोटो स्टुडियो भित्र उनिहरुले सामुहिक
बलात्कार गरेका थिए । फैसलासंगै अभियुक्तहरुलाई मंगलवार नै जिल्ला
कारागार बैतडी चलान गरिएको छ ।

No comments:

Post a Comment