Wednesday, March 6, 2013

संघीय जनगणतान्त्रिक मोर्चाको बन्दले देशभरको जनजीवन प्रभावित

२३ फागुन, काठमाण्डौं । नेकपा-माओवादी नेतत्वको नेपाल संघीय
जनगणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित
भएको छ । वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग
गर्दै मोर्चाले सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय
गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र
राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक
आन्दोलनको रुपमा आज बन्द आव्हान गरेको जनाएको छ । विहान ६ बजेदेखि आव्हान
गरिएको बन्द साँझ पाँच बजे सकिने नेकपा-माओवादीले जनाएको छ ।
मोर्चाको बन्दका कारण देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना,
शिक्षणसंस्था ठप्प रहेका छन् भने एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन,
हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका
गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने निर्वाध रुपमा सञ्चालन
गर्न दिने जनाएको छ ।
नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा-माओवादी,नेकपा एकीकृत, मातृका
यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपाल, र
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका
दल आवद्ध छन् ।
बन्दका क्रममा हुन सक्ने अपि्रय घटनालाई मध्यनजर गर्दै चोक चोकमा
उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बन्दकर्ता भने विहानै देखि
नाराबाजी गर्दै सडक सडकमा प्रर्दशन गरिरहेका छन् ।
बैतडीमा भने विहान ११ बजे खुल्ने
यसैबिच बैतडीमा भने बिहान ११ बजेसम्म मात्रै बन्द गरीने भएको छ । आज
जिल्ला परिषद रहेकाले बिहान ११ बजेसम्म मात्रै बन्द आब्हान गरीएको नेकपा
माओबादि बैतडीका ईन्चार्ज प्रेम प्रकाश भट्ट आदित्यले जानकारी दिनुभयो ।

No comments:

Post a Comment