Monday, February 4, 2013

५ डनहरु विरुद्ध मुद्दा नचलाउन दवाव

२२ माघ, काडमाण्डौं । पाँच डनको सम्पत्तिमाथि अनुसन्धान पूरा गरे पनि
उनीहरु विरुद्ध मुद्दा नचलाउन चलखेल सुरु भएपछि केन्द्रीय अनुसन्धान
व्युरो (सिआइबी) दोधारमा परेको छ । डनहरुले संगठित गुन्डागर्दीबाट करोडौं
रुपैयाँ कमाएको अनुसन्धानबाट पुष्टि भइसक्दा पनि मुद्दा दायर गर्ने आँट
सिआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्न सकेको छैन् ।
पहिलो चरणमा विभागले पाँचजनाको अनुसन्धान पूरा गरेको छ । सिआइबीका प्रहरी
अधिकारीलाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले अनुसन्धान थालेको थियो ।
डेढबर्ष लामो अनुसन्धानपछि गणेश लामा, दीपक मनाङ्गे, चक्रे मिलन,
पर्शुराम बस्नेत र अभिषेक गिरीमाथिको अनुसन्धान सिआइबीले सकेको छ । तर,
मुद्दा चलाउने बेलामा चलखेल सुरु भएको स्रोतले बताएको छ ।
विभागले डिएसपीहरुलाई अनुसन्धान अधिकृत तोकेर गुन्डाका नाइकेमाथि
अनुसन्धान गरिरहेको खबर नयाँ पत्रिकाले छापेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete