२६ साउन, काठमाण्डौं । सरकारविरुद्ध आन्दोलनरत विपक्षी दल सम्वद्ध १६ युवा तथा विद्यार्थी संगठनले आज सिंहदरवार घेराउ गर्दैछन् । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुलाई सिंहदरवार प्रवेश गर्न नदिन युवा तथा विद्यार्थी संगठनहरुले ९ बजेदेखि ११ बजेसम्म घेराउ गर्न लागेका हुन् ।
पुतली सडक, पद्यमोदय मोड, माइतिघर मण्डला र बवरमहल, भद्रकाली र हनुमान थान, पूर्वीगेटबाट सिंहदरवार घेराउ गरिने युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो । विपक्षीले सिंहदरवार घेराउ गर्ने भएपछि विहानैबाट सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।
विपक्षी दल सम्वद्ध १६ युवा तथा विद्यार्थी संगठनले आजै थप आन्दोलन घोषणा गर्ने बताएका छन् ।
No comments:
Post a Comment