काठमाडौँ, भदौ १४ (नागरिक)- आफ्नै बाबुलाई खुकुरी प्रहार गरी मारेको अभियोगमा भोजपुर देउराली-६ बस्ने २७ बर्षीय सुरेन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको छ।
उनले बुधबार राति पौने आठ बजे घरायसी विवादमा आफ्नै ५८ वर्षीय बाबु दिलबहादुर मगरलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
यसैगरी मादक पदार्थ सेवन गरी ईट्टा प्रहार गर्ने काठमाडौँ महानगरपालिका-६ रामहिटी बस्ने सिन्धुपाल्चोक जिल्ला लेसाङ-२ घर भएका ३६ बर्षीय ओम लामालाई प्रहरीले पक्राउ गरेको छ।
उनले गएराति सोही ठाउँ बस्ने गोरखा जिल्ला घर भएकी ३५ वर्षीया नन्दमाया गुरुङलाई इट्टा प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ।
No comments:
Post a Comment