२२ माघ, काठमाण्डौ । बाहुन क्षेत्रीलाई काटेर आलो रगत चाट्नुपर्छ भन्दै
हिडेका नेपाल आदिबासी जनजाति महासँंघका महाससचिव आङकाजी शेर्पामाथि
महासंघको नाममा बिदेशबाट लाखौं रुपैयाँ उठाएर कुम्ल्याएको अभियोग लागेको
छ ।
महासंघका बिभिन्न देशका शाखाबाट उठाइएको रकमको खोजबिन सुरु भएपछि काजी
आतंकित बनेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । महासंघको
संघीय परिषद् सचिवालयका केही जिम्मेवार पदाधिकारीहरुले आङकाजीले गरेको
भ्रष्टाचारबारे छानविन गर्न अध्यक्ष राजकुमार लेखीमाथि दबाब दिने भएका
छन् ।
महासंघका एक पदाधिकारीले आङकाजीले बेल्जियम, पोर्चुगल, हङकङ, जर्मनी,
अमेरिका लगायतका शाखाबाट उठाएको पैसा आफ्नो निजी कामर संघीय समाजबादी
पार्टीका लागि प्रयोग गरेको दावी गरे। महासंघको महासचिवका हैसियतले
बिभिन्न देशका शाखाहरुबाट निम्तो र टिकट मगाएर जाने गरेका आङकाजीले
बिभिन्न शाखा तथा त्यससँग आबद्ध ब्यक्तिसँग महासंघका लागि भन्दै रकम
लिएको सूचना आएपछि उनीमाथि निगरानी बढाइएको समाचारमा उल्लेख छ ।
'बाहुन क्षेत्रीसँग भिड्नका लागि मजबुद स्थीति बनाउनुपर्यो, अब जातीय
लडाईं हुन्छ, बिदेशबाट पैसासंकलन गरेर लानुपर्छ भनेपछि हामीले करिव २५
लाख नेपाली रुपैयाँ संकलन गरेर दिएका थियौं' बेल्जियमका एकजनजाति नेताले
भने- तर त्यो रकम केन्द्रीय कोषमा दाखिला भए/नभएको जानकारी भएन् ।'
त्यहाँ उनले महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पासँग मिलेर रकम उठाएको
बताइएको छ ।
महासंघका कोषाध्यक्ष डण्डु ढोक्यापले अहिलेसम्म अष्ट्रेलियाबाहेक कुनै
पनि देशको महासंघ शाखाबाट पैसा प्राप्त नभएको जानकारी दिए । बिदेशबाटै
निम्तो र टिकट मगाएर कार्यक्रममा जाने गरेका काजीले त्यहाँका
जनजातिहरुसँग पैसा र महंगा उपहार माग्ने गरेको चर्चा महासंघतिर चल्ने
गरेको सांघु साप्ताहिकले छापेको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete