६ फागुन, काठमाण्डौं । काठमाण्डौं महानगरपालिका र ललितपुर
उपमहानगरपालिकाले भवन निर्माण योजनामा अब डिजिटल पद्धति लागू गर्ने भएका
छन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनएनडिपी) को सहयोगमा
दुवै नगरमा नमुना कार्यक्रमका रुपमा भवन निर्माणमा डिजिटल पद्धतिसुरु
गर्न लागिएको हो ।
युएनडिपीको 'स्वचालित भवन योजना स्वीकृति र अनुगमन पद्धति' नामक
कार्यक्रममार्फत दुवै नगरका गरी १५ हजार घरमा नमुना लागु गर्न लागिएको हो
।
डिजिटल डाटा-बेस पद्धति नेपाल राष्ट्रिय भवन स)हिता र भवन ऐनमा लागू
गरिने काठमाण्डौं महानगरपालिकाले जनाएको छ । डिजिटल डाटा नहुँदा भवन
निर्माण संहिता प्रभावकारी रुपमा लागू हुन नसकेको र योजनाहीन ढंगले घर
बनेकाले डिजिटल पद्धति सुरुवात गर्न लागिएको ललितपुर उपमहानगरपालिका
भौतिक शाखाका अधिकृत रुद्र गौतमले जानकारी दिएको खबर नयाँ पत्रिका
दैनिकले छापेको छ ।
डिजिटल पद्धति सुरु भएपछि नगर क्षेत्रभित्र बन्ने घरको यकिन डाटा नगरसँग
हुनेछ भने संहिताअनुसार बने/नबनेको कार्यालयको कम्प्युटरबाटै हेर्न सकिने
छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete