Wednesday, February 13, 2013

कोठी सञ्चालक पक्रन इन्टरपोललाई पत्राचार

२ फागुन, सुर्खेत । गाउँका युवतीलाई भारत लगी देहव्यापार गर्न लगाउने
गिरोहलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ। भारतको
जिबी रोडस्थित ५६ नम्बरको कोठीमा युवती बेच्ने मैनतडा-३ सानोजात्रीका
कोठी सञ्चालक ममता भन्ने हेववादीसहित चार जनालाई पक्राउ गर्न प्रहरीले
इन्टरपोल गुहारेको हो ।
उद्धारपछि बिहे गरी माइती मैनतडा-३ सानोजात्री आएकी युवतीले आफ्नै
बाबुबाट कोठीमा बेचिएको बताएपछि धन्दामा लगाउने गिरोहमा संलग्न रहेर फरार
मैनतडा-३ सानोजात्रीकै मानबहादुर वादी, करिस्मा भन्नेअमृता वादी र
नन्दकली वादीलाई पक्रन नेपाल प्रहरीले इन्टरपोललाई पत्र लेखेको कान्तिपुर
दैनिकमा खबर छ ।
पत्रमा उक्त कोठीमा बेचिएका (परिवर्तित नामहरु) दीपिका, भूमिका, मुस्कान,
गीता, वेवी, विनिता, झरना, अन्नु, संगीता, सालु, पुनम, मोनिका र सखनासहित
१३ जनालाई उद्धार गर्न पनि आग्रह गरिएको प्रहरी नायव उपरीक्षक विनोद
घिमिरेले बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete