Sunday, February 10, 2013

मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र

२८ माघ, क्वालालम्पुर । मासिक करिव २५ हजार कमाउने सपना बोकेर एक लाख
रुपैयाँभन्दा बढि लगानी गरी मलेसिया पुगेका करिव १ हजार नेपाली अलपत्र
परेका छन् ।
शाहआलम सेक्सन-७ मा रहेको फलास्टोनिक कम्पनीमा कार्यरत करिव १ हजार १ सय
२६ जना नेपाली अलपत्र परेका हुन् । काम नभएर कम्पनी बन्द हुने अवस्थामा
पुगेपछि नेपाली कामदार खर्चबिहीन र कामबिहीन भएर बसिरहेका छन् ।
कम्पनीले हाल नेपाली श्रमिकहरुलाई चेरासको तामान लेल्सेनस्थित होष्टलमा
राखिएको नेपाली श्रमिकहरुले बताएका छन ।
बिचल्लीमा परेका नेपाली श्रमिकहरुले गत बिहीवार नेपाली राजदूतावास पुगेर
उद्दारका लागि निबेदन दिएका छन् । उनीहरुले कम्पनी बन्द भएपछि धेरैजसो
नेपालीश्रमिकहरु नेपाल र्फकन चाहेको पिडीतमध्येका एक कृष्णप्रसाद पौडेलले
वताए ।
नेपालका करिव एक दर्जन मेनपावरबाट उनीहरु मलेसिया आएका हुन । सुरुको तीन
महिना कम्पनी राम्रै चलेको भएपनि त्यसपछि कम्पनी पूर्णरुपमा बन्द छ
।कतिपय मेनपावरहरुले अन्य कम्पनीमा ल्याएका श्रमिकलाई पनि सोही कम्पनीमा
कन्ट्रयाकमा राखेको कारण समस्या देखिएको छ । आएको दुई महिना बितिसक्दा
पनि सयौं नेपाली श्रमिकले अझै भिषा नपाएको पिडीतहरुले बताएका छन् ।
कतिपय मेनपावरले भने नेपालीहरुलाई नेपाल फर्काउने काम समेत शुरु गरिसकेका
वताईएको छ । बाँकीलाई कहिले र कसरी पठाउने हो भन्ने जानकारी नदिएको
श्रमिकहरुले वताउँदै आएका छन । करीव चार सय नेपाली भने अन्य कम्पनीमा
कन्ट्रयाक्टमा वस्ने भएको वुझिएको छ । कम्पनीमा मोवाईलका पाटपुर्जा,
लेन्स र इलेट्रोनिक सामाग्रीहरु उत्पादन हुने गर्दछ ।
डिजिटल फर्निचर कम्पनीका श्रमिक आन्दोलित
मुहारमा रहेको डिजिटल फर्निचर कम्पनीमा कार्यरत श्रमिकहरु शुक्रवार
कामकाज रोकि आन्दोलनमा उत्रिएका छन । मलेसियामा वेसिक सेलरी वढेको
अवस्थामा पनि आफुहरुले काम गर्ने कम्पनीमा नवढेको भन्दै कामकाज रोकेको
नेपाली श्रमिकहरुले वताएका छन । 'नजिकका सवै कम्पनीहरुले नयाँ वेसिक तलव
दिएको छ, हामीलाई भने दिएन त्यसैले काम रोकेका हौँ' एक नेपाली श्रमिक
भवानि किशोर शर्माले टेलिफोनमा अनलाइनखवरसँग भने । कम्पनीले भने आउँदो
तीन महिनापछि सरकारी पत्र आएपछि मात्र दिने कुरा गरेको शर्माले बताए ।
हाल उक्त कम्पनीमा करीव साढे तीनसय नेपालीसहित भियतनामि र वंगलादेशि
श्रमिकहरु कार्यरत छन ।
2 Comments o

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete