काठमाडौं, साउन २८ (नागरिक)- कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दिमागी सन्तुलनमाथि प्रश्न गरेकी छिन्। 'प्रचण्डजी दिनमा चार खाले कुरा गर्नु हुन्छ मलाई त उहाँको दिमागले काम गरेको छैन जस्तो लाग्छ', उनले भनिन्- ‘माओवादी अध्यक्षले दिनमा चार खाले कुरा गर्दा देशको समस्या जटिल बन्दै गएको छ।'
अर्को एक प्रसंगमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको नाममा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने बताइन्। रिपोर्टस क्लबको कार्यक्रममा उनले वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टीको अभिभावकको रुपमा रहन आग्रह गर्ने उल्लेख गरिन्।
‘वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको अभिभावक हुनुहुन्छ', सुजाताले भनिन्- ‘अभिभावक पार्टीलाई बलियो बनाउन लाग्नु पर्छ। त्यसैले उपसभापति पौडेलेलाई अगाडि सार्नु सबैभन्दा उपयुक्त हुन्छ।' उनले पौडेलको नाममा आफ्नो पूर्ण समर्थन रहेको भन्दै उनलाई सघाउने वचन समेत दिइन्।
एक अर्को प्रसंगमा उनले कामचलाउ भएर नयाँ सरकार कुरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग्नुको कुनै तुक नभएकेा भन्दै नेतृ कोइरालाले आन्दोलनभन्दा पनि सहमति, सहकार्य र मेलमिलापबाटै सरकार परिवर्तन गर्नु पर्ने तर्क गरिन्।
No comments:
Post a Comment