बुटवल, साउन २८-नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश उपमन्त्री फु यिङसहितको प्रतिनिधिमण्डलले गौतम बुद्ध जन्मस्थल लुम्बिनीको आज स्थलगत अवलोकन भ्रमण गरेको छ। चिनियाँ विदेश उपमन्त्रीले लुम्बिनीस्थित मायादेवी मन्दिर, चिनियाँ बौद्ध बिहारलगायत अन्य बौद्ध विहारको अवलोकन गरेको छ।
उनले लुम्बिनी गुरुयोजनाबारे जानकारी लिनुका साथै विकासका गतिविधिबारे चासो लिएका थिए। उनका साथ नेपालका लागि चिनियाँ राजदूत योङ होउलान पनि सहभागी थिए। सो अवसरमा चीनियाँ उपमन्त्री फुले चीनले नेपालको उन्नति प्रगति चाहेको उल्लेख गर्दै लुम्बिनीको विकासका लागि चीन सदैव तत्पर रहेको बताए।
चिनियाँ प्रतिनिधिमण्डललाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा लुम्बिनी विकास कोषका पदाधिकारी, नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा, अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेय, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, वरिष्ठ प्रहरी उपरीक्षक बोमबहादुर भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक उत्तम थनेलगायतले स्वागत गरेका थिए।
No comments:
Post a Comment