२८ साउन, चितवन । चितवनको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर-७ स्थित खगेरी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको र पश्चिम चितवनको जगतपुरमा क्यासेट बजाउने क्रममाविद्युत् सर्ट भई करेन्ट लाग्दा अर्का एक जनाको ज्यान गएको हो ।
खगेरी खोलामा करेन्ट लगाएर माछा मार्न लाग्दा पानीमा अत्याधिक विद्युत् प्रवाह भई स्थानीय २२ वर्षीय कान्छा प्रजाको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै गएराति १२ बजे जगतपुर गाविस-१ निवासी ५० वर्षीय मादे महतोको आफ्नै घरमा क्यासेट बजाउने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई वटै शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment