तेहरान, साउन २७ (एजेन्सी)- उत्तरपश्चिमी इरानमा शनिबार आएको महाभूकम्पका कारण कम्तिमा ८७ जनाको मृत्यु भएको छ भने चार सय जना घाइते भएका छन्। फार्स न्युज एजेन्सीका अनुसार शनिबार दुई शक्तिशाली भूकम्पका धक्का महसूस गरिएका थिए। अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन्।
स्थानीय समय अनुसार साँझ ४:५३ मा पहिलो भूकम्पको तीव्रता ६.४ म्याग्निच्युड मापन गरिएको थियो भने त्यसको केही मिनेटपछि ६.३ को अर्को भूकम्पको धक्का महसूस भएको थियो।
भूकम्पबाट पूर्वी अजरबैजानको प्रान्तीय राजधानी टब्रिज र नजिकैका सहरहरुमा असर परेको छ। त्यसैगरी चार गाउँ ध्वस्त भएका छन् भने ६० गाउँमा ठूलै क्षति भएको छ।
No comments:
Post a Comment