२९ साउन, काठमाण्डौं । गणतन्त्र स्थापनापछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या झण्डै चार गुणाले बढेको छ । २०५८ सालदेखि २०६२ सालसम्मको अवधिमा ४ लाख ३६ हजार ७ सय कामदार विदेशिएका थिए ।
तर, आर्थिक बर्ष २०६४/६५ देखि २०६८/६९ मा १५ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । देश शान्तिप्रक्रियामा आएपछि औद्योगिक क्षेत्रमा मजदुर हड्तालका कारण उद्योग कलकारखाना बन्द हुने क्रम बढेकाले वैदेशिक रोजगारीमा जाने क्रम बढेको नेपाल उद्योग बाणिज्य महासंघका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
देशमा व्याप्त राजनैतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको र राजगारीको सिर्जना हुन नसक्दा विदेशिने नेपालीको संख्या बढेको खबर आजको अभियान दैनिकले खबर छापेको छ ।
No comments:
Post a Comment