Monday, August 13, 2012

नेपालविरुद्ध अस्ट्रेलियाको ठूलो स्कोर

काठमाडौ, श्रावण २९ - नेपालले डिफेन्डिङ च्याम्पियन अस्टे्रेलियाविरुद्धको खेलसगै आईसीसी यू-१९ वल्र्डकप यात्रा आज सुरु गरेको छ ।अस्टे्रेलियाको टाउनभिल्लेमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । निर्धारित ५० ओभरमा अस्ट्रेलियाले ७ विकेट गुमाएर २ सय ९४ रनको ठूलो स्कोर बनाएको छ ।
कप्तान केमरन ब्रान्कोफको १ सय २५ रन र कुर्टिस प्याटरसनको ८६ रन सहयोगमा अस्टे्रेलियाले ठूलो योगफल जोडेको थियो ।
नेपाली बलर राहुल विश्वकर्मा र प्रदीप ऐरीले २-२ विकेट लिए । अविनाश कर्ण, कृष्ण कार्की र भुवन कार्कीले पनि १-१ विकेट हात पारे ।
केहि बेरपछि नै नेपालले जवाफी ब्याटिङ सुरु गर्दैछ ।

No comments:

Post a Comment