२८ साउन, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा जानेका लागि सन् २०१३ जुलाईमा चौथो भाषा परीक्षा (केलएटी) हुने भएको छ । २०१ मा भाषा परीक्षा उत्तीर्ण भएर योग्य सूची (रोस्टर)मा रहेका आकांक्षीको अवधि २०१३ मा सकिने भएकाले चौथो परीक्षा गर्न लागिएको हो ।
‘२०१३ पछि उनीहरु रोस्टरबाट स्वतः हट्ने भएकाले जुलाईमा परीक्षा गर्न लागिएको हो,’ईपीएस कोरिया सेन्टरका निर्देशक किम व्यङ चियनले भने । रोस्टरमा रहनेहरु दुई बर्षभित्र कोरिया गइसक्नुपर्ने खबर आजको कारोबार दैनिकले छापेको छ ।
न्युन लागत, बढी पारिश्रमिक, बलियो मानवअधिका अवस्था तथा स्वास्थ प्रतिष्पर्दाका कारणले नेपालीहरु कोरिया जान इच्छुक हुन्छन् । नेपालका मुख्य गन्तव्य खाडी मुलुक र कलेसियामा भन्दा कोरियामा ६ देखि ७ गुणा बढी पारिश्रमिक रहेको छ ।
सन् २०११ मा ५८ हजारले भाषा परीक्षामा लागि आवेदन फारम भरेका थिए । ती मध्ये कृषि र औद्योगिक क्षेत्रमा गरी १५ हजार ६ सय ७८ कामदार रोस्टरमा सुचीकृत भएका थिए । ८४ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नेहरुलाई रोस्टरमा राखिन्छ ।
२०१२ जनवरीको दोस्रो साताबाट श्रम सम्झौता सुरु भई उनीहरु फेब्रुअरीबाट कोरिया जान थालेका थिए । २०१२ का आठ महिनामा ५ हजार नेपाली कोरिया पुगिसकेका छन् । यो बर्ष बढी गए ६ हजार जानेछन् । अर्को बर्ष पनि ६ हजार नै गए बाँकी ३ हजार रोस्टरबाट स्वतः हट्ने छन् ।
No comments:
Post a Comment