२८ साउन, काठमाण्डौं । उच्च माध्यमिक विद्यालयको संख्या थपिँदै गएपनि एसएलसी (प्रवेशिका) उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्दा ग्रामिण क्षेत्रका सामुदायीक उच्च माविमा विद्यार्थी अभाव भएको छ । कक्षा ११ मा विद्यार्थी नै पाइन छोडेपछि कतिपय उच्च मावि बन्द हुने अवस्थामा पुगेको खबर कारोबार दैनिकले छापेको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार देशभर सामुदायीक, निजी र सरकारी गरी ३ हजार ३ सय ८३ उच्चमावि सञ्चालित छन् । सामुदायीकको संख्या २ हजार ५ सय भन्दा बढी छ ।
यसबर्ष एसएलसीमा ५ लाख २८ हजार २ सय ५७ विद्यार्थीसहभागी भए पनि २ लाख ८ हजार १ सय ८७ विद्यार्थी उत्तीर्ण भए । यो अघिल्लो बर्षको तुलनामा ७ प्रतिशत कमी हो । २०६६ सालदेखि एसएलसीको नतिजा क्रमसः घट्दो अवस्थामा रहेको छ । गत बर्षमात्र एकसय ५० थप उच्चमावि सञ्चालनमा आएका थिए । राजधानीमा भने नयाँ उच्चमाविको दर्तामा रोक लगाईएको छ ।
No comments:
Post a Comment