रामचन्द्र भट्ट, काठमाडौं, असार २४- कतारमा बस्ने नेपालीले अब आफ्नो घरमा टेलिफोन गर्दा उपहार जित्ने मौका पाउने भएका छन्। कतारको टेलिफोन कम्पनी कतार टेलिकम (क्यूटेल) बाट नेपाल टेलिकमकोकुनै पनि फोनमा कल गर्दा प्रत्येक कल वापत प्रदान गरिने लक्की नम्बर मार्फत उपहार योजनामा सहभागी गराइने भएको छ।
आउँदो शुक्रबारदेखि असार महिनाभरि लागु हुने यो योजनामा हरेक दिन एकजनालाई ५ हजार रियाल (एकलाख २० हजार रुपैयाँ) दिने स्किम टेलिकमले घोषणा गरेको छ। योजनाको अन्तिममा एकजनालाई बम्पर उपहार वापत ५० हजार रियाल (१२ लाख रुपैयाँ) उपलव्ध गराइने टेलिकमले जनाएको छ।
कतारमा कार्यरत नेपालीले सस्तो दरमा नेपालमा कल गर्न सहज बनाउन गत वर्ष टेलिकमले प्वाइट अफ प्रिजेन्स' सेवा सञ्चालनमा ल्याएको छ। यसबाट सिधै नेपालमा कल आउने र यहाँबाट गरिएको कल समेत सिधै जाने व्यवस्था गरिएको छ।
No comments:
Post a Comment