मिथिलेश यादव, लहान, असार २४- लहानस्थित जिल्ला वन कार्यालयमा अपरिचित व्यक्तिले फोन गरेर बम राखेको सूचना दिएपछि वन कार्यालयका कर्मचारीहरुभागाभाग भएका छन्। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका डीएसपी विक्रम हुमागाइँ नेतृत्वको टोलीले कार्यालय नियन्त्रणमा लिएर बम खोजिरहेको छ।
'ती व्याक्तिले यहीँ ठाउँमा राखिएको छ भनेर नभनेकाले बम खोज्न कठिनाइ भएको छ,' डीएसपी हुमागाइँले नागरिकन्युजसँग भने, 'ती व्यक्तिले तर्साउनकै लागि पनि यो खबर दिएको हुनसक्छ।'
फोन गरेर सूचना दिने ती व्यक्तिबारे पनि अनुसन्धान भइरहेको हुमागाइँले बताए। आज विहानैमात्र लहानकै होटल गोधुलीमा राखिएको बम निस्क्रिय पारिएको थियो। होटलको तल्लो तल्लामा रहेको रेष्टुरेन्ट अगाडिको शौचालय नजिकको लग्गीमा कोलो प्लास्टिकको झोलाभित्र अपरिचित समूहले बम राखेको थियो।
त्यस जिम्मा भने तराईको ससस्त्र भूमिगत संगठन अखिल तराई मुक्तिमोर्चाले लिएको थियो। मोर्चाकासैन्य कमान्डर विप्लवले सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए।
No comments:
Post a Comment