Sunday, July 8, 2012

स्वयम्भूको जंगलमा बलात्कार गरेको अभियोगमा हवल्दार पक्राउ

काठमाडौँ, असार २४- एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सशस्त्र प्रहरीका हवल्दार अम्बरबहादुर शाहीलाई आज पक्राउ गरेको छ।
नुवाकोटकी १८ वर्षीया महिलालाई जबर्जस्ती अनुचित कार्य गरेको अभियोगमा कालिकोट जिल्ला चिल्खाया घर भई हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा कार्यरत हवल्दार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शाहीले गत शनिबार स्वयम्भुस्थित आनन्दकुटी विहार जंगलमा घुम्दै गरेकी ती महिलालाई अनुचित कार्य गरेको प्रहरीको अनुसन्धानले फेला पारेको छ।
हवल्दार शाहीले पीडित महिलाका भाइ सुदीपलाई एक घण्टामा रु १० हजार ल्याउनु नत्र प्रतिघण्टा रु १० हजारका दरले रकम बढ्ने भनेर धम्की दिई रूपैयाँ लिन पठाएर दिदीलाई बलात्कार गरेको नेपाल प्रहरीले जनाएको छ। रासस

No comments:

Post a Comment