२६ असार, शाखा । रोजगारीको सिलसिलामा मलेसिया पुगेका करिव १२ सय नेपाली कामदार अलपत्र परेका छन् । मलेसियाको जोरबारु स्थित आटा इलेक्ट्रोनिक्स कम्पनीमा कामको लागि गएका कामदार सम्झौता भए अनुसार काम र तलब भत्ता नपाएपछि अलपत्र परेका हुन् ।
करिव १ साता देखि आफूहरुले कुनै काम नगरेको र ज्यान मार्ने धम्की दिइएको धादिङको सल्यानटारबाट रोजगारीको लागि मलेसिया पुग्नु भएका रामहरि श्रेष्ठले जानकारी दिए । अलपत्र परेका कामदारहरु मलेसियाको जोरवारु स्थित टेब्रो न्यू होस्टेल परिसरमा रहेका र सुरक्षको लागि मलेसियन प्रहरी गएको भए पनि अहिले त्यत्तिकै फर्किएको श्रेष्ठले जनाकारी दिए । उनीहरु मध्ये अधिकांश काठमाडौंको त्रिभुवन विमान स्थल नजिकै रहेको एवि म्यानपावर मार्फत मलेसिया पुगेका थिए । यता उनीहरुलाई मलेसिया पठाउने मध्येका एक एजेन्ट राजेन्द्र अधिकारीले नेपालीहरु अलपत्र परेको भन्ने कुरा आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
No comments:
Post a Comment