Friday, July 13, 2012

म्याग्दीमा पहिरोले पाँच घर बगायो

दिलीप पौडेल, बाग्लुङ, असार २९ - अविरल बर्षासँगै आएको पहिरोले म्याग्दीमा पाँच घर बगाएको छ। गएरातिदेखि आएको अविरल वर्षाले शुक्रबार विहान दोवा गाविसका तीन र भुरुङ तातोपानीमा दुई घर गरी पाँच घर बगाएको हो।
दोवा-९मा कप्रसाद पूर्जाको घर गोठ सहित पाँच गाई, दोवा बगरका नविन पुन र चुमाया राम्जालीको घर बगाएको घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ म्याग्दीका सभापति सुरद के.सी.ले बताए। सोही स्थानको कृष्ण प्रा.वि. जोखिममा रहेको छ। त्यसैगरी भुरुङ तातोपानी कचुन्डेमा गोपाल पुन र धने पुनको घर बगाएको छ।
वर्षाले बेनी-जोमसोम सडक अबरुद्ध भएको छ। नदीले सडक कटान गरेकोले यातायात सेवा अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ज्ञवालीले बताए। घटनास्थलतर्फ प्रजिअ ज्ञवालीको नेतृत्वमा प्रहरी र सेनाको टोली गएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ ज्ञवालीले बताए।

No comments:

Post a Comment