काठमाडौ, असार २० - इजरायली राजदूत हनान गोडर गोल्डबर्गरले कामदार निर्यातसम्बन्धी सुरक्षित र व्यवस्थित संयन्त्र बन्न सकेइजरायलमा ८० हजारसम्म नेपालीकामदारको माग रहेको बताएका छन् ।
'अहिले केयर-गिभर, कृषि मजदुरसहित इजरायलमा आठ हजार नेपाली कामदार छन्,' दूतावासका गतिविधिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा राजदूत गोल्डबर्गरले भने, 'तर कामदार पठाउँदा लिने रकम, उचित प्रक्रिया र अनुगमन पद्धति निर्धारण नहुन्जेल संख्या बढाउन सकिने अवस्था छैन ।' नेपाली कामदारबाट म्यानपावरले उठाउने मनोमानी रकम र 'नमिल्दो नियम' समस्याकोजड भएको उनले बताए । यसका लागिद्विदेशीय संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।
इजरायलमा बढीमा पाँच वर्ष बस्ने अनुमति पाएका कामदारलेनेपाल फिर्दा कृषिलगायत क्षेत्रमा राम्रो सीप सिकेर आउने उल्लेख गर्दै उनले जितपुरफेदीलगायत स्थानमा त्यहाँबाट फिरेकाले थालेको तरकारी खेती प्रशंसनीय भएको बताए ।
No comments:
Post a Comment