Tuesday, July 3, 2012

शंकाकै भरमा खबर आएकोमा प्रधान मन्त्रीको आपत्ती

उजिर मगर, काठमाडौं, असार १९ - प्रधान मन्त्री बाबुराम भट्टराई आशंकाकै भरमा मिडियामा समाचार आएको बताएकाछन्। राष्ट्रपति र प्रधान मन्त्रीको विषयमा शंकैका भरमा खबर संप्रेषण भएको भन्दै उनले 'रेस्पोन्सिवल' हुन आग्रह गरे। स्रोत भन्दै उल्टो खबर छापेको उनको दावी छ।
नेपाल पत्रकार महासंघको टोलीसँग प्रधान मन्त्रीको कार्यालयमा भएको भेटमा प्रधान मन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन्। हिजोराष्ट्रपतिसँग भएको भेटबारे आएका खबरमाथि उनले आपत्ति जनाएका हुन्।

No comments:

Post a Comment