टेकनारायण भट्टराई, पाल्पा, असार २३- गएरातिदेखि परेको अविरल वर्षाले आज बिहानबाट पाल्पा-वुटवल सडकखण्ड अवरुद्ध भएको छ । पाल्लाको दोभान गाविस झुम्सामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरो गएपछि वुटवल र पाल्पाबाट छुटेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका छन् । पिहरो गएको ठाउँ वुटवलबाट १५ किलोमिटर टाढा छ ।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पुरुषोत्तम पाण्डेका अनुसार पाल्पाबाट बाटो खुलाउन डोजर पठाइसकिएको छ । उनले दिनभरीमा पहिरो पन्छाएर बाटो सुरुचारु गर्ने जानकारी दिए ।
यसैगरी अविरल वर्षालेसँगै तिनाउ नदीमा पानी बढेपछि माडी फाँट जलमग्न भएको छ । पानीले फाँटमा भर्खरै रोपिएको रोपो बगाएको छ ।
बर्खामास यो सडक वर्षेनी अवरुद्ध हुने गर्छ ।
No comments:
Post a Comment