खेम कार्की , दक्षिण कोरिया, असार २३ - नेपाल लगायत विभिन्न देशबाट कोरिया भित्रिने ई ९ भिसा लगायत नागरिकहरुको स्वाथ्य परिक्षण को लागि कोरियामा ३४७ वटा हस्पिटल तोकिएको छ। नेपाल लगायत देशमा ईपिएस मार्फत आउने कामदारको लागि भर्न कोरियाबाट नै फर्म पठाइने र त्यसमा भरेको विवरण नमिलेमा सोझै सम्बन्धित देश फकाइने नयाँ व्यवस्थामा जनाइएको छ।
यस अघि नेपालमा समेत जथाभावी फर्म भरेर आउने गरेकोमा यसले प्रभाव पार्न सक्ने देखिएको छ। नया नियम अनुसार कोरिया आउन अव देखि नेपालमा मेडिकल रिपोर्टमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
शुरुमा कोरिया आउदा सामान्य स्वास्थ्य परिक्षण गरिने भए पनि कार्डबनाउने बेलमा तोकिएको हस्पिटलबाट लिएको विस्तृत स्वास्थ्य विवरण र पुलीस रिपोर्ट सहित बुझाईने भएको छ।
यस अघि यस विषयमा पुलीस रिपोर्ट (डाक्टर , ईन्जिनियर ) ग्रीन कार्डलाई भएकाहरुलाई पनि यो मेडिकल र पुलिस रिपोर्ट पठाउनु पर्ने लागु हुने बताइएको छ।
उमेरको हकमा यस अघि तोकिएको ३९ वर्ष वर्षको हक लागू हुने भएको छ ।
यस अघि कोरियाको भाषा परिक्षाको लागि तोकिएको योग्यता यस प्रकार छ।
१८ वर्ष पुरा गरि ३९ वर्ष ननाघेको व्यक्ति
अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति
विगतमा गणतन्त्र कोरियाबाट बहिगमन नभएको व्यक्ति
आफ्नो देशबाट विदेश जान रोक लगाईएको व्यक्ति।
दुई देशले निर्धारण मापदण्ड पुग्ने व्यक्ति
No comments:
Post a Comment