Tuesday, July 10, 2012

नागरिककर्मीलाई प्रहरीको गोली हान्ने धम्की

(नागरिक)- प्रकाशित सामाचारप्रति असन्तुष्टि जनाउँदै प्रहरीले मंगलवार लाहानस्थित नागरिककर्मी मिथिलेश यादवलाई गोली हान्ने धम्की दिएको छ। मंगलवार मध्यान्ह होटल विशालका सञ्चालक कुटपिट प्रकरणवारे सामाचार संकलन गर्न वडा प्रहरी कार्यालय पुगेका यादबको बाइक प्रहरीले नियन्त्रणमा लिइ सडक पेटीमा लडाइदिएको थियो। ‘किन बाइक लडाएको भनेर सोध्दा, वडाका प्रहरी जवानले धेरै बोले गोली खालास् भन्ने धम्की दिए', यादवले नागरिकन्युजसँग भने।
घटना बारे एएसपी गोविन्द निरौलालाई फोनमा जानकारी गराउँदा उनले, ‘प्रहरीको विरोधमा लेखीरहे जे पनि हुन सक्छ।'
लहान क्षेत्रमा एक महिनादेखि भैरहेका श्रृखलावद्ध अपहरण वम विस्फोट र होटेलकर्मी कुटपिट प्रकरणको निरन्तर समाचार प्रकाशित भएपछिप्रहरीले पत्रकारलाई तारो बनाएको हो।
नागरिककर्मी यादवमाथि भएको प्रहरी धम्कीको नेपाल पत्रकार महासंघ जिल्ला शाखा तथा अन्य मानवअधिकार संगठनले भत्सर्ना गरेका छन्।
मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत र समग्र विकास सेवा केन्द्रका क्षेत्रीय संयोजक दुर्गा प्रसाद महतोले सञ्चारकर्मीलाई धम्की प्रहरीको आततायी मानसिक्ताको उपज भएको उल्लेख गरे। समाचार लेखेको आधारमा धम्क्याउने प्रहरी अधिकारीमाथि कारवाही हुनुपर्ने माग उनीहरुको छ।
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमारयादवले घटनाको निन्दा गर्दै पत्रकार धम्काउने प्रहरी अधिकृतमाथि कारवाही हुनुपर्ने माग गरेकाछन्।

No comments:

Post a Comment