काठमाडौं, असार २६ (नागरिक) - अवैध नेटवर्किङ व्यवसाय संचालन गर्दै आएको हर्वो इन्टरनेसनल प्रालिका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पौडेललाई प्रहरीले पक्रेको छ। अवैधरुपमा १ अर्ब ५१ करोड रुपियाँ उठाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आज उनीहरुलाई समातेको हो।
२०६१ सालदेखि नेटवर्किंङ व्यवसाय संचालन गरी कारोबार सुरु गरेको हर्बो ईन्टरनेसनलले सर्वसाधारणहरुलाई प्रलोभनमा पार्दै आएको थियो। नेटवर्किङबाट ग्राहक बनाई विभिन्न उत्पादनहरुको अत्याधिक मूल्य लिई ठगी गरेको आरोपमा उनीहरुलाई समातिएको हो। महानगरीय प्रहरीपरिसर हनुमानढोका र व्युरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
हर्वोले २ लाख ३५ हजार ५ सय ५४ ग्राहकबाट ६ हजारदेखि २५ हजार रुपियाँसम्म संकलन गरी कूल १ अर्ब ५१ करोड २६ लाख रुपियाँ संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment