काठमाडौं, असार १७ (नागरिक)- संविधानसभा विघटनपछि पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह आज राजधानी बाहिर जान लागेका छन्। चार जिल्ला भ्रमणको कार्यक्रम सहित पूर्वराजा शाह दिउसो १:३० बजे बुद्ध एयरबाट भैरहवातर्फ लाग्दैछन्।
गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि उनी सोझै लुम्बिनी गेट जानेछन्। त्यहाँ उनले नागरिकसँग प्रत्यक्ष कुराकानी कार्यक्रम बनाइएको छ। त्यसपछि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन तथा अन्य धार्मिक स्थलमा पूजाआजा गर्नेछन्।
चार जिल्लाहरु रुपन्देही, नवलपरासी र कपिलबस्तुको भ्रमणका लागि पूर्वराजा शाह त्यसतर्फ जान लागेका हुन्। यसअघि पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना र सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक उद्धव रावतले शुक्रबार रूपन्देही र कपिलवस्तु पुगेर भ्रमणको चाँजोपाँजो मिलाएका थिए। उनीहरुले नै पूर्व राजाको भ्रमण तालिका समेत तय गरेका हुन्।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment