Saturday, June 30, 2012

एकीकृत माओवादीको कार्यालय कब्जा

उदयपुर, असार १६ - दुई चिरा भएपछि यहाँस्थित एकीकृत माओवादीको जिल्ला पार्टी कार्यालय नेकपा-माओवादीले कब्जा गरेको छ । माओवादीका जनवर्गीय संगठनले शनिबार पत्रकार सम्मेलन गरी पार्टी कार्यालय कब्जा भएको दाबी गरे ।
एकीकृत माओवादीमा रहँदै आएका १९ बर्गीय संठनका पदाधिकारीले नेकपा-माओवादीलाई सर्मथन गर्दै कार्यालय कव्जा गरि सम्मेलन गरेका हुन् । वाईसिएलका जिल्ला अध्यक्ष कुशल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण पौडेल,किसान संघका अध्यक्ष मिनप्रसाद पोखरेल, किराँती मुक्ति मोर्चाका अध्यक्ष केदार राई, कर्मचारी महासंघका मधुकर थापा, तामाङ मुक्ति मोर्चाका काजीमान तामाङ सहित १९ ले सम्मेलनमा पार्टी कार्यालय नेकपा-माओवादीको भएको दावी गरेका छन् ।
यसैबीच नेकपा-माओवादीले जिल्ला पार्टी कव्जा गरिसकेपछि एकीकृत माओवादीको बोर्ड, लेटरप्याड, दस्तावेज, छाप लगायतका समाग्री हस्तान्तरण गरिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलले वताए ।
‘विचार सिद्धान्त नै अलग अलग भएपछि माओवादीको बोर्ड, लेटरप्याड, दस्तावेज, छाप लगायका समाग्री आवश्यक छैन,’ पौडेलले भने, ‘त्यसैले कार्यक्रम गरेरै ती सामाग्री हस्तान्तरण गर्छौं ।’

No comments:

Post a Comment