Saturday, June 30, 2012

यौन मामिलामा संलग्न जोडी पक्राउ

अमर खड्का, इटहरी, असार १६ - इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन -रेष्टुरेन्टबाट शनिबार प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। किशोरीलाई राखेर यौनधन्दा सञ्चालन गरेको गुनासोबढन थालेपछि प्रहरीले दिउँसो छापा मार्दा १७ जना किशोरी र २० जना पुरुषलाई पक्राउ गरेको हो।
प्रहरीले छापा मार्दा टिपटप होटलबाट लागुऔषधसहित सञ्चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मोरङ् उर्लाबारी-६ का सुभाष विकलाई पक्राउ गरेको हो। उनको होटलबाट कोरेक्स ४९ बोतल, टिडीकजेसीक तीन फायल, कन्डम र सिरिन्ज बरामद गरेको प्रहरी निरीक्षक सागर थापाले बताए। उनले डेढ महिनाअघिदेखि दुई जना किशोरीलाई राखेर होटल सञ्चालन गदै आएकोमा लागुऔषधको कारोबार पनि गर्न थालेको खुलेको छ।
वैदेशिक रोजगारीका लागि छ बर्षसम्म साउदी अरब बसेका उनले यौनधन्दाका लागि किशोरीलाई राखेको सहजै स्वीकार गरे।
इटहरी तथा आसपासका क्षेत्रमा खुलेका बग्रेल्ती क्याविन-रेष्टुरेन्टमा प्रहरी निरीक्षकको कमाण्डमा तीनवटा टोलीले बाडिएर छापा मारेको थियो। प्रहरीले छापा मार्दा पक्राउ पर्ने अधिकांश पुरुष सप्तरी, मोरङ, उदयपुर र केही सुनसरीका छन्। पक्राउ पर्ने किशोरीहरुमा सुनसरीको झुम्का, इनरुवाको बलाहा, धरान, सोनापुर, भोजपुर र सप्तरीका छन्। पक्राउ परेकाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।
इटहरीका क्याविन-रेष्टुरेन्टमा यौनधन्दा हुन थालेपछि एक महिनाअघिदेखि प्रहरीले छापा मादै आएको छ। होटल व्यवसायी संघ इटहरीले पनि क्याविन-रेष्टुरेन्टमा आचारसंहिता लागु गर्ने तयारी थालेको छ। क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीलाई अनिवार्य ड्रेस, व्यवसायिक मापदण्डकोपालना र ग्राहकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउँन आचारसंहिता लागु गर्ने तयारी थालेको जनाएको छ। होटल व्यवसायी रविन गौतमले शनिबार प्रहरीले छापा मार्ने क्रममा खानपानका लागि आएका ग्राहकलाई समेत प्रहरीले पक्राउ गरेको जनाए। 'प्रहरीले क्याविन-रेष्टुरेन्टबाट मात्र नभई होटलमा खानपानका लागि आएका ग्राहकलाइ पक्राउ गरेर लगेको छ,' उनले भने।
बेरोजगारी, अज्ञनता र अर्काको लहैहलैमा लाग]र इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन-रेष्टुरेन्टमा किशोरी काम गर्न आउने गरेका छन्। मनोरञ्जनका लागि आउँने ग्राहकलाई क्याविन-रेष्टुरेन्ट सञ्चालकले किशोरीलाई प्रयोग गरी सेवा दिने गरेका छन्। यस्ता क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीहरुले न्युन पारिश्रमिक पाउने गरेका छन्। मासिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सय सम्म पाउँने गरेको जानकारी दिइयो।
अघिल्लो वर्ष उप्का नेपालले इटहरी क्षेत्रमा १ सय ९५ जना किशोरी यौन धन्दामा संलग्न भएको तथ्याङ्क सार्वनिक गरेको थियो। तर, क्याविन-रेष्टुरेन्टको संख्या बढ्दै गएको र सञ्चालकले किशोरीलाई थप्ने क्रम पनि बढ्काले गर्दा दोब्बरभन्दा भएको अनुमान गरिएको छ।
इटहरी तथा आसपासका क्षेत्रमा दुई सयको हाराहारीमा क्याविन-रेष्टुरेन्ट छन्। एउटा क्याविन-रेष्टुरेन्टमा सरदर पाँच जना सम्म किशोरी राख्ने गरेको पत्ता लागेको छ।

No comments:

Post a Comment