Saturday, June 30, 2012

किर्ते गरी दर्ता करोडौंको जग्गा अर्कैलाईबिक्री

काठमाडौ, असार १६ - भूमाफिया र मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका कर्मचारीको मिलोमतोमा किर्ते कागजात खडागरी व्यक्तिको नाममा दर्ता गरिएको करोडौं पर्ने राजधानीको महाराजगन्ज चक्रपथस्थित जग्गा गुपचुप ढंगले पुनः अर्को व्यक्तिलाईबिक्री गरिएको खुलासा भएको छ ।
अनधिकृत रूपमा गत चैत ३० मा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरिएको कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको ३ रोपनी १४ आना (१ हजार ९ सय ७१.३६ वर्ग मिटर) जग्गामध्ये ८ सय २६.५४ वर्ग मिटर (१ रोपनी १० आना) जग्गा ४ करोड २५ लाख ३४ हजार ३ सय ४१ रुपैयाँ मूल्यमा वैसाख २५ मा ललितपुर निवासी प्रविरशमशेर जबरालाई बिक्री गरिएको छ । उक्त जग्गामा रहेको घरको मूल्य भने ९ लाख ३४ हजार ३ सय ४१ रुपैयाँ कायम गरिएको छ ।
जबरालाई बेचिएको जग्गामा कुष्ठ रोग निवारण संघले टहरा निर्माण गरी लामो समयदेखि कुष्ठरोगीका १ सय ६० छोराछोरीलाई पढाउँदै आएको छ । टहरासँगै आठ पसल कबल छन्, त्यसबाट मासिक ८५ हजार रुपैयाँ भाडा आउने गरेको र त्यसले रोगीका छोराछोरीलाई पढाउन केही राहत पुग्ने गरेको संघका कार्यकारी प्रमुख विदुर बस्नेतले जनाए । त्यही टहरा र पसल कबल पाण्डेले जबरालाई बेच्दा ९ लाख ३४ हजार मूल्य कायम राखिएको छ ।
काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले टहरा बनाएको भनेर भत्काउन खोजेको तर सर्वोच्च अदालतले ती टहरा संघको भएकाले नभत्काउन आदेश दिएपछिभत्किनबाट बचेको समेत बस्नेतले जनाए । बस्नेतले मारबाडी सेवा समितिले संघलाईदिएको जग्गा भूमाफिया र भ्रष्ट कर्मचारीको मिलोमतोमा नक्कली कागजातका आधारमा व्यक्तिको नाममा गरिएको र फेरि अर्को व्यक्तिलाई बिक्री गरिएको बताए ।
कुष्ठरोग निवारण संघले उपयोगगर्दै आएको, तर मारबाडी सेवा समितिको नाममा रहेको उक्त जग्गा अनधिकृत रूपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा प्रधानमन्त्री कार्यालयले छानबिन गरिरहेका बेला मालपोतकार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारी र पाण्डेको मिलोमतोमा उक्त जग्गा बिक्रीगरिएको स्रोतले जनायो । मालपोत कार्यालय डिल्लीबजारबाट पाण्डेले राजीनामा गरी जबरालाई बेचेकोकागजातको प्रतिलिपिसमेत कान्तिपुरलाई प्राप्त भएको छ।
मारबाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रक्रिया सुरु गरेको थियो । तर, मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरूले संघको निवेदन बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गामध्ये ३ रोपनी १४ आना गत चैत ३० मा व्यक्तिको नाममा दर्ता गरिदिएको हो । उक्त जग्गा पुनः वैशाख २५ मा अर्कै व्यक्तिलाई बिक्री गरिएको हो। मालपोत कार्यालयका प्रमुख वैद्यले तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा पाण्डेको नाममा दर्ता गरिदिएका थिए ।
सामाजिक संस्थाको जग्गा अनधिकृत रूपमा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारीलाई विभागीय कारबाही गर्न प्रधानमन्त्रीले एक साताअघि भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएका छन् । मारबाडी सेवा समितिको नाममा रहेको जग्ग्ाा अनधिकृत रूपमाव्यक्तिको नाममा दर्ता गरेकोउजुरी परेपछि प्रधानमन्त्री कार्यालयले छानबिन गरी दोषीलाई सजाय गर्न भूमिसुधारमन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
प्रकाशित मिति: २०६९ असार १६

No comments:

Post a Comment