Tuesday, June 26, 2012

चोरीका एघार मोटरसाइकल र एउटा बोलेरो बरामद

गोलबजार (सिरहा), असार १२ - ट्राफिक प्रहरीले सिरहाको विभिन्न सडकखण्डमा गरेको जाँचका क्रममा दर्जनौँ चोरीका अवैध सवारीसाधन बरामदगरेको छ। एक महिनाभित्र ११ वटा विभिन्न कम्पनीका नेपालीनम्बर प्लेटका चोरीका मोटरसाइकल र एउटा नक्कली भारतीय नम्बर प्लेटको बोलेरोगाडी बरामद गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले आज पत्रकार सम्मेलन गरी चोरीका अवैध सवारीसाधन सार्वजनिक गरेको छ। मोटरसाइकल चोरी हुने क्रम बढेको जनगुनासो आएपछि चलाइएको जाँचका क्रममाचोरीका ११ वटा मोटरसाइकल र नक्कली भारतीय नम्बर प्लेटकाबोलेरो बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए।
बरामद गरिएका गाडीहरुमध्ये तीनवटा मोटरसाइकल र भारतीय नम्बर प्लेटको बोलेरो नक्कलीपुष्टि भइसकेकाले आजै जिल्लाभन्सार कार्यालय माडरमा बुझाइने उनले बताए।
उनले भने - 'बरामद गरिएका सबै गाडी चोरीकै छन् तर सम्बन्धित यातायात कार्यालयले लिखित प्रमाण नपठाएकाले तत्काल पुष्टि भएका तीनवटा मोटरसाइकल र बोलेरो भन्सारमा बुझाउँछौ।'
प्रहरीले जाँचका क्रममा चोरीका सवारीसाधन बरामद गरिएको भए पनि एकजना पनि चोर पक्राउ गर्न सकेको छैन। प्रहरी निरीक्षक चौधरीले प्रश्न गरे- 'चोरीको मोटरसाइकल हो भनेर तत्कालै पुष्टि नै हुँदैन। कागजात नहुँदा गाडी नियन्त्रणमा लिन्छु तर गाडी चलाउने व्यक्ति कागजात बिर्सेको भनेर ल्याउन जान्छ। फर्केर आउँदैन कसरी चोर समात्न सक्छु।'
चोरीका मोटरसाइकल छाडिदिन विभिन्न राजनीतिक दलका कार्यकर्ताले दबाब दिने गरेको उनले बताए। -रासस

No comments:

Post a Comment