Monday, February 18, 2013

प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

७ फागुन, काठमाण्डौं । आज प्रजातन्त्र दिवस, देशभरबिभिन्न कार्यक्रम गरी
मनाईंदैछ । नेपालमा जहानियाँ राणा शासनको अन्य गरी विक्रम संवत २००७ साल
फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष
फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । देशमा हुँदै आएका हरेक
राजनीतिक परिवर्तन फागुन ७ गतेकै जगमा हुँदै आएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा. रामबरण
यादबले नेपालमा प्रजातन्त्र स्थापना भएको ६ दशक वितेपनि अपेक्षित
राष्ट्रिय आकांक्षा भने अपुरै रहेको बताउनुभएको छ । उहाँले सन्देशमा
भन्नुभएको छ -'नेपाली समाजको स्वेच्छाचारिता, निरङ्कुशता र एकतन्त्रीय
जहानिया शासनको अन्त्य गरेको छ दशकको कालखण्डमा मुलुकले सामाजिक र भौतिक
क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि २००७ सालको परिवर्तनको मुख्य
उपलब्धि लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत, सुदृढ र नेपालीको जीवन
पद्धतिका रूपमा स्थापित गर्ने हाम्रो राष्ट्रियआकाङ्क्षा भने अद्याप
अधुरो नै रहेको छ ।'
जननिर्वाचनद्वारा गठित संविधानसभाबाट मुलुकलाई लोकतान्त्रिक संविधान
प्राप्त हुनेमा आफु आशावादी रहे पनि हामी सबैको त्यो अपेक्षा अधुरै छाडेर
संविधानसभा भङ्ग हुन पुगेकामा राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।
त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले राष्ट्रिय प्रजातन्त्र विदसका
उपलक्ष्यमा शुभकामना सन्देश दिँदै २००७ सालको महान् जनआन्दोलनमार्फत
सार्वभौम नेपाली जनताको अजेय शक्तिले जहानिया शासनलाई घुँडा टेकाएको आजको
दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा
अङ्कित रहेको बताउनुभएको छ ।
नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन आज हो भन्दै
उपराष्ट्रपतिले आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुदृढीकरण गर्दै राष्ट्रिय
एकता, सहमति र सहकार्यको जगमा उभिएर लोकतान्त्रिक मूल्यमान्यताको अवलम्बन
र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै सम्भव हुन सक्ने र जनताले चाहेको
अग्रगति, विकास, स्थायित्व एवम् समृद्धिको प्राप्ति हुन सक्छ भन्ने स्मरण
गराउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले देशलाई लामो समयसम्म निरङ्कुश
जहानियाँ, तानाशाही र एकतन्त्री शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक
शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति तथा समृद्धिको
कामना गर्नुभएको छ ।
यस अवसरमा मुलुकको अग्रगामी परिवर्तनका लागि विभिन्न समयमा सङ्घर्ष गरी
आफ्नो जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति उहाँले
श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete