Saturday, June 30, 2012

बारामा चार राउन्ड हवाइ फायर

बारा, असार १६ (नागरिक)- बाराको लिप्निमलस्थित नारायणी राइस मिलबाट निस्केको फोहर र प्रदुषण रोक्न माग गर्दै मिल परिसर पुगेका स्थानीयवासीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
मिलबाट निस्केको फोहरले वरपरको क्षेत्र दिनदिनैप्रदुषित हुँदै गएको भन्दै स्थानीयवासी फोहर व्यवस्थापन गर्न माग राख्दै मिल पुगेका थिए । फोहरले गर्दा वरपरको वातावरण र स्थानीयवासीको स्वास्थमा असर पारको उनीहरुको आरोप छ ।
प्रहरीले स्थानीयवासीलाई तितरबितर पार्न दुइ सेल अश्रु ग्यास प्रहार गरेको थियो भने चार राउन्ड हवाइफायर गरेको थियो ।
प्रहरी हस्तक्षेप पछि स्थानीयवासी भागेका छन् । अहिले स्थिति सामान्य बनेको छ ।

No comments:

Post a Comment