Saturday, February 13, 2016

मलेसियामा अवैधानिक कामदारको पुनः दर्ता ‘माइ इजी’ ले गर्ने

१ फागुन, काठमाडौं । मलेसियन सरकारले गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिने प्रक्रिया अघि बढाउन ‘माइ इजी सर्भिसेज’ लाई जिम्मेवारी दिएको छ । मलेसियामा सुरु हन लागेको पुनः रोजगारी कार्यक्रमका लागि अवैधानिक कामदारको पुनः दर्ता गर्न ‘माइ इजी’ ले जिम्मा पाएको हो । यो कम्पनी यसअघि पनि अैवधानिक कामदारको वैधानिकीकरण र आममाफी प्रक्रियमा सामेल भएको थियो । कम्पनीले फेब्रुअरी १५अर्थात आगामी सोमबारदेखि अवैध कामदारको पुनः दर्ता प्रक्रिया थाल्नेछ । आगामी मार्च ४ सम्म पुनः दर्ताको समय दिइएको ‘दमलेसियनइन्सिडर’ डटकमले जनाएको छ । यसअनुसार अब रोजगारदाताले सिधै अनलाइनमार्फत् अाफ्ना अवैधानिक विदेशी कामदारको विबरण अपडेट गरेर वैधानिकीकरण गर्न सक्नेछन् । सरकारले आममाफी र बैधानिक बनाउने प्रक्रियामा दलालको संलग्नता नरहने गरी अनलाइनमार्फत प्रक्रिया अघि बढाएको हो। दलालकै कारण धेरै विदेशी कामदारले पैसा तिरेर पनि वैधानिक हुन नसकेको भन्दै रोजगारदाताले अनलाइन आबेदन गर्ने ब्यवस्था गरिएको मलेसियाका गृह मनत्रालयले जनाएको छ । अनलाइन प्रक्रियाबाट रोजगारदाताले प्रमाणीकरण गर्दा कुनै पनि जरिवाना लाग्नेछैन । तर, सरकारले तोकेअनुसारको लेभी भने बुझाउनुपर्नेछ । मलेसियमा हजारौं नेपाली कामदार पनि अवैधानिक रुपमा बसिरहेका छन् । उनीहरुका लागि आफ्ना रोजगारदातामार्फत वैधानिक हुन पाउने बाटो खुल्दैछ । source onlinekhabar.com

Monday, March 9, 2015

Beware of fake voice calling feature on WhatsApp

According to a report from The Market Business, WhatsApp is the victim to a new kind of spam that downloads malware into the phone.

A spam message is being used to download malware on smartphones, the message shows a fake invitations to download the voice calling feature on WhatsApp. A number of people reported that they got an invitation to try-out the calling feature in WhatsApp. The message is already viral and is using the fact that WhatsApp had recently pushed an update for few subscribers that allowed voice calling via the application. The message tried to mimic this move and was successful in downloading malware in the name of the much anticipated voice-calling feature.

The invitation comes with a link www.WhatsappCalling.com that takes you to a website where a short survey is conducted, and once that survey concludes the website will ask the user to download various applications that can spread malware in the phone.

Saturday, September 6, 2014

Do you know

तपाईं लाई थाहा छ ? २४ तथ्य हरू
१ बिरालोले बाटो काट्यो भने, 'स्पिड कन्ट्रोल' गर्नुपर्छ।
२ कम्पाउण्ड मा काग करायो भने, चारो हाल्दिनु पर्छ।
३ घरमा कुकुर रोयो भने, 'भेटनरी'लानु पर्छ।
४ बारीमा स्याल करायो भने, ढोका बलियो थुन्नुपर्छ।
५ दायाँ आँखा फर्फरायो भने, 'आँखा अस्पताल'जानु पर्छ।
६ बायाँ आँखा फर्फरायो भने, झन् छिटो जानुपर्छ।
७ बाडुल्की लाग्यो भने, तातो पानी तन्काउनुपर्छ।
८ घाँटी खसखसायो भने, 'कफ सिरप' दन्काउनुपर्छ।
९ चुलोमा आगो भर्भरायो भने, ग्यास सकिन सक्छ।
१० डाडु पन्यू चाट्यो भने, माँझ्न सजिलो हुन्छ।
११ साँझ घर बढार्यो भने, बिहानलाई सजिलो हुन्छ।
१२ बच्चाले कुच्चो लगायो भने, मम्मीलाई'हेल्प' हुन्छ।
१३ नङ फुल्यो भने, पालिस किन्नुपर्छ।
१४ कपाल फुल्यो भने, 'हाइलाइट'गर्नुपर्छ।
१५ लोग्ने मान्छे रोयो भने, मन हल्का हुन्छ।
१६ स्वास्नी मान्छे हाँस्यो भने, झन् हल्का हुन्छ।
१७ हात चिलायो भने, साबुन पानीले धोइहाल्नु पर्छ।
१८ रित्तो गाग्रो देखियो भने, खाने पानीमा फोन गरिदिनु
पर्छ।
१९ यात्रामा'दर्जी दाइ'देखिए भने, अस्तिको पैसा दिएर
जानुपर्छ।
२० बाटामा'विश्वकर्मा भाइ'भेटिए भने, साथै लिएर
हिँड्नुपर्छ।
२१दलितहरू मन्दिर पस्यो भने, पुजारीको आम्दानी बढ्छ।
२२ पुजारी हरू दलित कहाँ बसे भने, चिया खर्च घट्छ।
२३ बाहुनले बंगुर खायो भने, बंगुरजस्तै मोटाउँछ।
२४ अन्धविश्वासको पछि लाग्यो भने, लंगुरजस्तै दुब्लाउँछ।

Thursday, July 24, 2014

विद्यार्थीहरुलाई हजार पटक उठबस

विद्यार्थीहरुलाई हजार पटक उठबस ! http://www.onlinekhabar.com/2014/07/172719/

Wednesday, July 9, 2014

ब्राजिल हारेको पीडामा नेपाली फ्यानद्वारा आत्महत्या

ब्राजिल हारेको पीडामा नेपाली फ्यानद्वारा आत्महत्या http://www.nagariknews.com/main-story/story/20985.html

Tuesday, July 1, 2014

सवारी दुर्घटनामा परी कतारमा तीन नेपालीको मृत्यु

१७ असार, काठमाडौं । कतारमा भएको सवारी दुर्घटनामा परी तीनजना नेपालीको ज्यान गएको छ । गत शुक्रबार भएको सवारी दुर्घटनामा झापाका पुष्पराज सिवकोटी,महोत्तरीको सिसुलाकटैयाका रामसरोवर साह र ओखलढुंगाका सुर्यबहादुर कार्कीको मृत्यु भएको हो ।सवारी दुर्घटनामा अन्य सात जना नेपाली कामदार पनि घाइते भएका छन् । घाइते सबैको कतारस्थित असपतालमा उपचार भइरहेको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा परी कतारमा तीन नेपालीको मृत्यु http://www.onlinekhabar.com/2014/07/165130/

इराकका नेपाली भन्छन्- 'खाली हात त कसरी फर्कनू!'

झापाका श्याम श्रेष्ठ इराकको राजधानी बग्दादस्थितपिएम कम्पनीमा काम गर्छन्। सुन्नी विद्रोही र सरकारी सेनाबीच जारी सशस्त्र द्वन्द्व उत्तरी क्षेत्रबाट राजधानी बग्दादतिर सल्किँदै गएको उनलाई थाहा छ। यति हुँदाहुँदै उनी तुरुन्तै नेपाल फर्किने मनस्थितिमा छैनन्।आफ्नो कम्पनी रहेको क्षेत्र बग्दादको 'ग्रिन जोन' मा रहेकालेआत्तिहाल्नुपर्ने सुरक्षा खतरा नभएको उनको भनाइ छ। 'पिएम कम्पनीमा हामी दुई सयजना नेपाली काम गर्छौं। कम्पनीले सबैलाई एउटै होस्टलमा राखेको छ,' उनी भन्छन्, 'हामी ग्रिन जोनमा छौं। कम्पनीले कसैलाई बाहिर निस्कन दिँदैन, खतरा छैन भने किन फर्कनू?'राजधानी बग्दाद र दक्षिणी सहरहरूमा कार्यरत धेरै नेपाली 'कुनै खतरा नभएको' भन्दै कामलाई निरन्तरता दिने पक्षमा छन्। इराक वैदेशिक रोजगारका लागि प्रतिबन्धित भए पनि जोखिम मोलेरआइसकेपछि थप जोखिम मोल्दै कमाएर फर्कनुपर्ने उनीहरूको राय छ।'बग्दादमा कुनै खतरा छैन। संकटै आए मात्र फर्कने हो,' श्रेष्ठले भने, 'कमाउन आएको मान्छे अलिअलि त कमाएरै फर्किने नि!'खाडी राष्ट्र इराकमा सरकारी सेना र विद्रोही सुन्नी लडाकुबीच द्वन्द्व चर्किंदै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया सुरु गर्न विशेष प्रतिनिधि नियुक्त गरेको छ। त्यसका लागि छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय सुरु भइसकेको छ। यसका बाबजुद धेरै नेपालीले जोखिम हुँदाहुँदै त्यहीँ बस्न चाहेका छन्। जसरी जोखिम मोलेर चोर बाटो हुँदै उनीहरू इराक पुगे, अहिले सुरक्षास्थिति नाजुक हुँदा पनि जोखिम मोलेरै उतै बस्ने मनस्थिति बनाएका छन्। कारण एउटै छ – बल्लतल्ल पाएको पैसा कमाउने अवसर गुम्न नदिनु। बग्दादमै कार्यरत नेपाली महिला सीमा कार्की त इराकको द्वन्द्वलाई माओवादी युद्धसँग तुलना गर्छिन्। 'बग्दाद काठमाडौंजस्तै छ भने इराकको अन्य द्वन्द्वग्रस्त क्षेत्र कुनै बेला नेपालको रुकुम, रोल्पाजस्तो,' कार्कीले टेलिफोनबाटनागरिकसँग भनिन्, 'त्यतिबेला (सशस्त्र द्वन्द्वकाल) काठमाडौंमा बस्नेहरू आत्तिएर भागाभाग गरेका थिए र? नेपाल फर्कन मनलागे कम्पनीले टिकट काटेर पठाइहाल्छ, अहिले किन आत्तिनुपर्योि?'पिएम कम्पनीमा कार्यरत नेपालीसँग राहदानी साथमा छैन, कम्पनी आफैंले राखेको छ। करार अवधि सकिएपछि घर फर्किने बेला मात्र कम्पनीले उनीहरूलाई राहदानी दिने गर्छ। कुनै विपत बेला तत्काल स्वदेश फर्किनुपर्दा कम्पनीले राहदानी दिन आनाकानी गरे उनीहरू जस्तोसुकै संकट आइपरे पनि त्यहीँ बस्नुपर्छ।रोजगारदाता कम्पनीले इराकमा चलिरहेको द्वन्द्वको विषयलाई लिएर उनीहरूसँग कुनै छलफल पनि गरेको छैन। बग्दाद बाहिर चर्केको द्वन्द्वबारे उनीहरूले टेलिभिजन हेरेर थाहा पाएका हुन्। 'द्वन्द्व चर्किंदैछ तिमीहरू आफ्नो देश फर्किंन्छौ कि भनेर कम्पनीले सोधेको छैन। हामीले पनि यहाँ हामीलाई खतरा बढ्यो, स्वदेश फर्कन्छौं भनेका छैनौं,' श्यामले भने। बग्दादमै कार्यरत दिनेश श्रेष्ठ पनि अहिलेसम्म कुनै खतरा नभएको बताउँछन्। उनका अनुसार ग्रिन जोनको अवस्था आत्तिहाल्नुपर्ने खालको छैन। 'यहाँ केही भएको छैन, अहिल्यै आत्तिनुपर्ने देखिँदैन,' उनले भने। बग्दादमा कार्यरत केहीलाई त उत्तरी इराकबाट सल्किँदै आएको द्वन्द्वबारे खासै जानकारी छैन। 'खतराजस्तो छ कि कस्तो छ, तपाईंले के सुन्नुभएको छ?' बग्दादस्थित जिएसआई कम्पनीमा कार्यरत नेपाली महिला विष्णु कार्कीले उल्टै संवाददातासँग प्रश्न गरिन्। इराकमा चर्केको द्वन्द्व थाहा पाउने उनको एकमात्र स्रोत टेलिभिजन हो। अरबी भाषाको मात्र टेलिभिजन च्यानल आउने भएकाले उनी राम्रोसँग बु‰िदनन्। 'कोही एकदम खतरा छ भन्छन्। कोही केही भा'छैन भन्छन्। टिभी अरबी भाषामा आउँछ, केही बुझिँदैन,' विष्णुले सुनाइन्, 'अहिले यहाँ डरलाग्दो स्थिति छैन। पछि खतरा भए फर्कने हो।' विष्णुका अनुसार उनीसँगै ९ महिला र ५ पुरुष गरी १४ नेपाली कार्यरत छन्। उनीहरू कसैको पनि अहिल्यै नेपाल फर्किने इच्छाछैन। बग्दादमा द्वन्द्व प्रवेश गरिहाले सुरक्षित स्थलमा राख्ने आश्वासन दिएको छ कम्पनीले उनीहरूलाई। 'कम्पनीले भिडन्तमा पर्ने स्थिति आए सुरक्षित ठाउँमा ५/६ जना गरेर राख्छु भनेको छ,' उनले भनिन्। बग्दादमा कार्यरत इटहरीकी रूपा राईले पनि तत्काल नेपाल फर्किने मनस्थिति नबनाएको बताइन्। रोजगारदाता कम्पनीले उनलाई नडराउन भनेको छ। 'भिडन्त हुँदैछ रे भन्ने सुन्दा मन आत्तिन्छ। तर, बल्लतल्ल राम्रो काम पाइएको छ, कमाइ पनि राम्रो होलाजस्तो भएको बेला कहाँ फर्कनू? घरपरिवार हेर्नैपर्छ, अलिअलि नकमाई त के फर्कनु र?,' रुपाले भनिन्। इराकको दक्षिणी सहर बास्रामा कार्यरत नेपाली स्वदेश फर्कने कि नफर्कने भन्नेमा विभाजित छन्। त्यहाँस्थित एटिके कम्पनीमा ४९ नेपाली कार्यरत छन्। तीमध्ये आधाले तत्काल स्वदेश फर्कन चाहेका छन् भने आधा त्यहीँ कामलाई निरन्तरता दिन। टर्कीको उक्त कम्पनीले त्यहाँ खतरा महसुस गरी आफ्ना देशका कामदारलाई स्वदेश फर्काइसकेको छ, तर नेपालीलाई भने केही महिनादेखिको तलबसमेत नदिई त्यहीँ छाडिएको छ। 'इराकीहरू यहाँ खतरा छ, तिमीहरू छिटो आफ्नो देश फर्क भन्छन्।कम्पनी हामीलाई पठाउन चासै लिँदैन,' बास्रास्थित एटिके कम्पनीमा कार्यरत रोशन थापा क्षत्रीले भने, 'कम्पनीका सबै हाकिम आफ्नो देश फर्किसके। हामी २४ जना नेपालीले स्वदेश फर्काइदेऊ भनेका छौं, तर कम्पनी एक महिनाको तलब दिन्छु, यहीँबसेर काम गर्नुपर्छ भन्छ।' बास्रास्थित एटिके कम्पनीमा कार्यरत अन्य नेपालीले भने कुनैखतरा नभएकाले त्यहीँ काम गर्ने इच्छा व्यक्त गरेका छन्। उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूह र इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले केही दिनअघि युद्धसुरु गरेका हुन्। उनीहरूले इराकी सेनाको अड्डामा आक्रमण गरिहेका छन् भने उत्तरी भागका अधिकांश सहर कब्जा गरेका छन्।विद्रोही समूह अहिले राजधानी बग्दादबाट केही किलोमिटर मात्रटाढा रहेका छन्।केही दिनअघि चार नेपालीसहित ४८ विदेशी कामदारलाई इराकी सुन्नी विद्रोही समूहले उत्तरी सहर टिक्रिटबाट अपहरण गरेको थियो। टिक्रिट सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्कमिनिस्तान र अजरबैजानका कामदारलाई बन्धक बनाइएको थियो। अपहरणकारीले क्रिकुक र टिक्रिटबीचको चेकप्वाइन्टमा उनीहरूलाई हस्तान्तरण गरेका थिए।अपहरणमुक्त नेपाली कामदार अझै स्वदेश फर्कन सकेका छैनन्। सरकारले उनीहरूलाई स्वदेश ल्याउन आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग समन्वय गरिरहेको छ। सुन्नी विद्रोहीको आक्रमणमा परी भाग्न सफल अन्य तीनजनालाई पनि नेपाल फर्काउने प्रयास भइरहेको छ। इराकमा द्वन्द्व चर्किंदै गएपछि त्यहाँ रहेका नेपालीको उद्धार कार्य तत्काल सुरु गर्न परराष्ट्र मन्त्रालयले सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिधि तोकिसकेको छ।सरकारले वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाएको इराकमा कार्यरत नेपालीको वास्तविक तथ्यांक निकाल्न परराष्ट्रले निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। तर, उक्त नम्बरमा इराकमा कार्यरत नेपाली र नेपालमा रहेका उनीहरूका आफन्तको सहभागिता उत्साहजनक हुन सकेको छैन। धेरैले स्वदेश फर्कने मनस्थिति नबनाएकाले सरकारलाई उद्धार कार्य सुरु गर्नकठिन बनेको छ। 'इराकमा रहेका नेपालीसँग सबै च्यानलबाट सम्पर्क गरिरहेका छौं। तर, धेरैले नकमाई के फर्किनु भन्दै स्वदेश नर्फकने इच्छा व्यक्त गर्छन्,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। इराकको सुरक्षास्थिति खस्केपछि सरकारले नेपालीलाई वैदेशिक रोजगारका लागि इराक जान प्रतिबन्ध लगाएको हो। अहिले बढीमा १० हजार नेपाली इराकमा कार्यरत रहेको अनुमान छ। सरकारले प्रतिबन्ध लगाएपछि उनीहरू भारतको नयाँदिल्ली हुँदै त्यहाँ पुगेका हुन्।
इराकका नेपाली भन्छन्- 'खाली हात त कसरी फर्कनू!' http://www.nagariknews.com/main-story/story/20535.html

Monday, June 30, 2014

इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्धार गर्न एनआरएनको माग


इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्धार गर्न एनआरएनको माग असार, काठमाडौँ । गैरआवासिय नेपाली संघ (एनआरएन)ले इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ । एनआरएनका तर्फवाट अध्यक्ष शेष घलेले सोमवार विज्ञप्ति जारी गरी इराकमा भड्केको हिंसा तथा त्यसवाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्दै हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार सरकार तथा अन्तर्राष्ट्रिय समुदायहरुसंग अपिल गरेका हुन् । ‘हिसांवाट पीडित नेपालीहरुलाई धैर्यधारण गरी उच्च मनोवलका साथ यस विषम परिस्थितिको सामना गर्ने आत्मावल श्री परमेश्वरले प्रदान गरुन् भनी कामना गर्दछ , विज्ञप्तिमा भनिएको छ । ’ घलेले इराकमा विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सकिन्छ भन्नेबारे अनुगमन गरी आवश्यक रणनीति वनाउन नेपाल सरकारलाई अनुरोध गरेका छन् । उद्धार कार्ययनेजनामा एनआरएन नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग हातेमालो र सहकार्य गर्न तयार रहेको समेत उनले जानकारी गराएका छन् । via onlinekhabar.com

निगमको चिनियाँ जहाजमा चरा ठोक्कियो

निगमको चिनियाँ जहाजमा चरा ठोक्कियो http://www.nagariknews.com/main-story/story/20503.html

Sunday, June 29, 2014

इपिएस सुधार्न कोरियासँग नेपालको चार बुँदे माग


1 2 3 4 5 (0 votes) दक्षिण कोरिया– दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) सुधार गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटी र इपिएस नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाले दक्षिण कोरियाली सरकारसँग आग्रह गरेका छन् । दुई देशबीच इपिएस सम्झौता नवीकरणको तयारी गर्न कोरियाली श्रम मन्त्रालयको निम्तोमा यहाँ आएका सिवाकोटी र बाँस्तोलाले इपिएस प्रक्रियामा सरकारलाई मुख्य ४ बुँदामा ध्यानाकर्षण गराएको बताए। कोरियाको आवेदन अनलाइन भर्ने व्यवस्था गर्नुपर्ने, स्वास्थ परिक्षण खुकुलो पार्नुपर्ने, पेन्सनको सुविधा दिनुपर्ने, डेडबडी पठाउने खर्च रोजगारदाताले दिनुपर्ने नेपाली पक्षको माग छ। यसैगरी आउँदो पाँचौं भाषा परीक्षाका लागि कोटा बढाई दिन पनि नेपाली पक्षको आग्रह छ। 'दक्षिण कोरियामा अन्य देशको दाँजोमा नेपाली अवैधानिक कामदार नगण्य रहेको भन्दै कोटा थप्न आग्रह गरिएको छ,' कोरियामा रहेका नेपालीलाई कोरियाली पक्षसँग भएको कुराकानीबारे जानकारी गराउँदै सिवाकोटीले भने। नेपाली कामदारलाई उनको सुझाव थियो – गैरकानुनी नबस्नूस, निष्ठा र इमान्दारीपूर्वक काम गर्नुहोस्, अझै लगनशील भएर काम गरी १५ देशको कामदारमध्ये सर्वोत्कृष्ट बन्नुस्। २०१३ को नोभेम्बरमा कार्यसम्पादनको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको स्मरण गर्दै सिवाकोटीले नेपालीले राम्रो 'इप्रेसन' पारेकाले हामी दोश्रो र २०१४ को कमिटेडमा पहिलो नम्बरमा रहेको जनाए। कोरियामा प्रवासी मजदुरको हक सबै अधिकार कम्पनी मालिकलाई हुनेबारे भने उनले 'अफिसियल रिपोर्टिङ नभएको हुँदा कुरा नभएको' बताए। श्रम सम्झौतामा हस्ताक्षर गरे अनुसार नेपालीहरूले त्यसलाई पालना गर्नुपर्नेमा उनको जोड थियो। कोरियामा नेपाली कामदार मिहिनेती, इमान्दार भएको र अवैधानिकको संख्या न्यून भएकाले कोटा वृद्धि गर्न नेपाली more in nagariknews.com

दहि चिउरामा रमाए कलाकार तथा जेष्ठ नागरिकहरु(फोटो फीचर)

दहि चिउरामा रमाए कलाकार तथा जेष्ठ नागरिकहरु(फोटो फीचर) http://www.hamrakura.com/157854.html

Saturday, June 28, 2014

तेरिया मगर स्वदेश फर्किइन् (फोटो फिचर)

५४ नेपाली कम्बोडियामा अलपत्र, नेपालीले नै बोलाएर लुट्छन्

काठमाडौं, असार १४ - क्यानाडा लैजाने भन्दै कम्बोडिया बोलाएर बन्धक बनाई ५४ नेपालीबाट जबर्जस्ती रकम असुलिँदै गरेको पाइएको छ । क्यानाडा पुगेपछि मात्र पैसा दिनुपर्ने सर्तमा थाइल्यान्ड हुँदै कम्बोडिया बोलाइएकालाई त्यहाँ रहेका नेपालीले पैसा लिने गरेको प्रहरीले जनाएको छ । तिनीहरूबाट प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म उठाउने गरिएको छ ।त्यति गरेपछि भियतनाम र लाओसका सिमामा पुर्याएर अलपत्र पार्ने गरेका छन् । नेपालीहरू बिचल्लीमा रहेको खबर पाएपछि इन्टरपोलमार्फत कम्बोडियाको प्रहरीलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता गणेश केसीले जनाए । 'कुनै पनिमुलुकमा जान निश्चित प्रक्रिया पूरा गरेपछि मात्र पाइन्छ,' उनले भने, 'नेपालबाट नभई दोस्रो वा तेस्रो मुलुक लगेर कसैले भिसा दिन्छु भन्छ भने त्यो ठगी हो ।'कम्बोडिया पुगेर क्यानाडा नपठाउने सुइँको पाएपछि उम्किएर आएका नेपालीले त्यो गिरोहलाई पक्राउ गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । परराष्ट्रले थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै त्यहीं रहेको कम्बोडियन दूतावाससँग सहकार्य गर्न निर्देशन दिएको थियो ।प्रहरीलाई प्राप्त सूचनाअनुसार यो क्रम ७ महिनादेखि चलिरहेको छ । त्यसका लागि 'हाम्रो बजार डट कम' मा क्यानाडा जाने अवसर भन्दै विज्ञापन छापिएको थियो । त्यहीमार्फत उनीहरू सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार एक महिनायता थप २२ नेपालीलाई कम्बोडियादेखि क्यानाडा लैजाने भन्दै उडाउने प्रयास भइरहेको छ ।प्रहरीको सम्पर्कमा आएका सिद्धार्थ महत र रत्नाकान्छी गुरुङले हाम्रो बजार डट कम हेरेर सुबोध घिमिरेसँग सम्पर्क गरेका थिए । सुबोधले नेपालबाट भन्दा सिंगापुरबाट क्यानाडाको भिसा पाउन सहज हुने भन्दै उनीहरूलाई त्यहाँडाकेका थिए । सिंगापुरमा २/३ दिन बसेपछि क्यानाडा उडिने बताएका थिए ।प्रकाशित मिति:२०७१ असार १४ १२:१४ via ekantipur.com

पूर्वराजाबाट खर्च लिएर राजतन्त्रको वकालत, ज्ञानेन्द्रवाट २ करोड लिएको खुलासा


0 0 १४ असार, काठमाडौँ । हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन् । उनीहरुले पूर्वराजासहित चुनावमा चन्दा दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् । पर्चामा जनाइएअनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएको उल्लेख छ । आजको राजधानी दैनिकले समाचार छापेको छ । संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् । सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा विधानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराइ ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ रहेको छ । महाधिवेशनको बन्दसत्रमा पार्टी लविधानमा संवैधानिक राजतन्त्र नराखी हिन्दू राज्य स्थापनाका लागि आन्दोलन जारी राख्ने अध्यक्ष थापाले अभिव्यक्ति दिएपछि त्यसको राजतन्त्रका समर्थकहरुले आलोचना गरेका थिए । त्यसपछि बाध्य भएर राप्रपा नेपाल संवैधानिक राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि क्रियाशिल रहने राजनीतिक लाइनमा अडिग रहन पुगेको थियो । असन्तुष्ट नेताहरुले प्रकाशित गरेको पर्चामा व्यापारी राजकुमार अग्रवालबाट डेढ करोड, श्याम टिवडेवालबाट डेढ करोड, लीलादेवी श्रेष्ठबाट १ करोड ३५ लाख रुपैयाँ , दिलविकास राजभण्डारीबाट १ करोड ४५ लाख रुपैयाँ चुनाव खर्च लिइएको उल्लेख छ । via onlinekhabar.com

Friday, June 27, 2014

कालो झोलामा हालेर ल्याइयो अर्को कडा कानून !

१३ असार, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै पत्रकारहरु आन्दोलित भइरहेका बेला सूचना प्रविधि विभागले साइबर अपराध एवं विद्युतीय कारोबारसम्बन्धी अझै कडा कानूनको मस्यौदा तयार पारेको छ ।काभ्रेमा कार्यालय रहेको विभागले एनजीओसँगको अघोषित सहकार्यमा तयार पारेको सो मस्यौदाले कानूनको रुप लिएको अवस्थामा अब नेपालमा साइबर आतंक फैलाउनेलाई जन्मकैदको सजायँ हुनेछ ।विधेयक जस्ताको त्यस्तै संसदमा पुगेर पारित भएको अवस्थामा कसैको इमेलबक्समा अनधिकृतरुपमा इमेल पठाउनेलाई समेत तीन लाखसम्मको जरिवाना र दुई वर्षसम्म कैद सजायँ हुन सक्नेछ । पत्रकारलाई समेत लगाइँदै आएको विद्युतीय कारोबार ऐनको दफा ४७ लाई समेत यो विधेयकले अझै विस्तारित ढंगले समेटेको छ ।यो विधेयकले कानूनको रुप लिएपछि फेसबुक, ट्वीटर आदि विद्युतीय माध्यममा विभिन्न जातीय सम्प्रदायमाथि विद्वेष फैलाउनेहरुले समेत पाँचवर्षसम्मजेल बस्नुपर्ने हुन सक्छ । त्यस्तै अर्काको फेसबुकमा अश्लील भिडियो लिंक गरेर दुख दिनेहरुले पनि दुईवर्षसम्म जेल वा तीन लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।फेसबुकमा स्वतन्त्रतापूर्वक कमेन्ट लेखेर रमाइरहेको युवापुस्ताले यो विधेयकले कानूनी रुप लिएपछि पाइला-पाइलामा सतर्क हुनुपर्ने स्थिति आउनेछ । प्रस्तावित विधेयकको दफा ५० को उपदफा २ सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा सरकारले सामाजिक सञ्जाल प्रयोग निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख छ ।‘सूचना प्रविधि विधेयक-२०७० नाम दिइएको १२२ वटा दफहरु रहेको यो विधेयकलाई ‘सूचना प्रविधिसम्बन्धी छाता ऐन’ को दाबी गरिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रहेको विभागले ड्राफ्ट गरेको यो विधेयकमाथि शुक्रबार राजधानीमा महंगो होटलमा छलफलको आयोजनासमेत गरिएको छ । प्रधानमन्त्री कार्यालयदेखि भन्सारका कर्मचारीसम्मको सहभागिता रहेको छलफलमा पत्रकार महासंघका प्रतिनिधिहरु भने सहभागी थिएनन् ।प्रस्तावित विधेयकको १३ औं परिच्छेदमा कम्प्युटरसम्बन्धी कसुरबारे उल्लेख गरिएको छ, जसमा विभिन्न २७ वटा कसुरमा ५० हजारदेखि माथि १० लाखसम्मर जन्मकैद सम्मका सजायँहरुको प्रावधानहरु राखिएका छन् ।कस्ता कस्ता छन् सजायँ ?अनलाइनखबरलाई प्राप्त उक्त विधेयकको दफा ७७ देखि दफा १०४ सम्म उल्लेखित सजायँसम्बन्धी व्यवस्था यस्ता छन्-कुनै व्यक्तिले विद्युतीय सञ्चारमाध्यममा नेपालको सार्वभौम सत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका वीचको सुसम्बन्धमा गम्भीर खलल पर्ने वा नरसंहारलाई बढावा दिने वा प्रतलित कानूनले अपराध भनी तोकेको कार्य गर्न दुरुत्साहन दिने विषयवस्तु प्रकाशन, प्रसारण, प्रदर्शन वा फैलाउने कार्य गर्ने वा गर्न लगाउने गरेमा निजलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँचवर्षसम्म कैद वा दुबै सजायँ हुनेछ ।कुनै व्यक्तिले कम्प्युटर इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यमहरुमा अश्लील कामोत्तेजक विषयवस्तु, प्रकाशन तथा प्रदर्शन गरेमा मात्रा हेरी दुईलाखसम्मको जरिवाना वा तीनवर्षसम्म कैद वा दुबै हुनेछ ।विद्युतीय सञ्चार माध्यममा यौनजन्य सामाग्री (पोर्नोग्राफी) व्यापारिक उद्देश्यले सञ्चय गरी राखेमा वा विद्युतीय सञ्चारमाध्यमहरुमा प्रकाशनतथा प्रदर्शन गरेमा वा त्यस्ता सामाग्री व्यापारिक प्रयोजनले सामुहिक इमेलमार्फत प्रसार गरेमा दुईलाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद वादुबै सजायँ हुनेछ । यस्तो कार्य दुई पटकभन्दा बढी गरेमा १० लाखसम्म जरिवाना, दुई वर्षसम्म कैद वा दुबै सजायँ हुनेछ ।वालवालिकालाई यौन क्रिडा गराइएको वा यौनजन्य हाऊभाऊ गरिएको सामाग्री सञ्चय गरी राखेमा वा प्रसार गरेमा १० लाखसम्म जरिवाना, १० वर्षसम्म कैद वा दुबै सजायँ हुनेछ । वालवालिका भन्नाले १८ वर्ष नपुगेको व्यक्ति सम्झनुपर्छ ।अन्य कसुरहरुप्रस्तावित विधेयकमा कम्युटरमा रहेको पहिचान, संकेत वा डाटाहरु चोरी गर्ने, कम्युटरबाटै जालसाजी गर्ने, दुराशययुक्त प्रोग्राम बनाउने, गैरकानूनी सामाग्रीको विज्ञापन गर्ने, चोरीका डाटा खरिद गर्ने, गोपनीयता भंग गर्ने, संगठित अपराधमा विद्युतीय सूचना प्रविधिको प्रयोग गर्ने जस्ता कार्यलाई ‘कम्प्युटरसम्बन्धी कसुर’ अन्तरगत राखेर कडा सजायँको प्रावधान उल्लेख गरिएको छ ।विधेयकमा रहेका सकारात्मक व्यवस्थाका रुपमा विद्युतीय हस्ताक्षरलाई मान्यता दिने, सरकारी कामहरु डिजिटल प्रविधामा गर्ने, सूचना न्यायाधीकरणको व्यवस्था गर्ने लगायत रहेका छन् ।कसले बनायो यस्तो विधेयक ?पत्रकारहरुले विद्युतीय कारोबार ऐनको दफा ४७को दुरुपयोग भएको गुनासो गर्दै सो दफा खारेज हुनुपर्ने माग गरिरहेका बेला सूचना प्रविधि विभागसँगमिलेर यस्तो कडा कानून ड्राफ्ट गर्ने कार्यमा नेपाल पत्रकार महासंघकै एक केन्द्रीय पार्षदले भूमिका खेलेका छन् ।पेशाले कानून व्यवसायी रहेका अधिवक्ता बाबुराम अर्यालले शुक्रबार विभागद्वारा आयोजित मस्यौदामाथिको छलफलमा भने- ‘विद्युतीय कारोबार ऐनमा भएका व्यवस्थालाई एपि्रसिएट गर्दै थप व्यवस्था गरिएको छ ।’अनलाइन पत्रकार संघको ब्यानरबाट नेपाल पत्रकार महासंघको पार्षद बनेका अर्यालले यसअघि सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा विद्युतीय कारोबार ऐनको दफा ४७ अनलाइन पत्रकारको हितमा नरहेको बताउँदै आएका थिए । यद्यपि शुक्रबारको कार्यक्रममा उनी पत्रकारको तर्फबाट नभई ‘सेन्टर फरल एण्ड टेक्नोलोजी’ नामक एनजीओको अध्यक्षका तर्फबाट विधेयकको व्याख्याताका रुपमा प्रस्तुत भएका थिए ।यसरी बनाइन्छ नेपालमा कानूनसरकारी कार्यालयहरुले सामान्य कार्यक्रमको आयोजना गर्नुपर्यो भने खर्च नलाग्ने सरकारी भवनहरुको साटो महंगा होटलहरु रोज्ने गरेका छन् । त्यस्ता होटलमा भएका कार्यक्रममा लागेको खर्चको बिलमा समेत तलमाथि गरेर कर्मचारीले थप फाइदा लिने गरेको बताउने गरिन्छ ।सूचना प्रविधि विभागले शुक्रबार विधेयकमाथि छलफल गर्ने भन्दै नयाँ बानेश्वरको महंगो होटलमा मासुभातसहितको कार्यक्रम आयोजना गर्यो । सिंहदरबारभित्र विज्ञान तथा प्रविधि मन्त्रालय या सरकारी हल सूचना विभागमै गर्न सकिने कार्यक्रममा आवश्यकै नरहेको कालो झोलासमेत सहभागीहरुलाई निःशुल्क बाँडिएको थियो । लोकतन्त्र आए पनि शासकहरु जनताप्रति उत्तरदायी हुनुभन्दा पनि पैसाप्रति बढी उत्तरदायी रहने गरेको प्रमाण कालो झोलाले दिएको थियो ।सरकारी कोष फजुल खर्च गर्दै बाँडिएको सोही कालो झोलामा सहभागीहरुलाई कडा कानूनको विधेयक हालेर बाँडिएको हो via अनलाइनखबर

इराक हिंसामा पर्नेको पीडा ¶'गोली बर्सिरहन्छ, धन्न बाँचिरहेछौं’

दोहा (कतार), असार १३ - रुकुमका धनबहादुरविक यतिखेर इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिट सहरमा बन्धकको हैसियतमा छन् । जुन८ देखि घर भित्रको भित्रै छन् । कोठामा उनीसहित कास्कीका सन्तोष लामिछाने, ओखलढुंगाका अजित तामाङ र चितवनका प्रकाश विश्वकर्मा पनि छन् ।सबैको हालत उस्तै छ । कोठामा खानेकुरा सिद्धिँदै गइरहेको छ । किन्नका लागि बाहिर जाने अवस्था छैन । 'होटल बन्द हुनुअघि ल्याइएको पिठो खाइरहेका छौं,' धनकुमारले भने, 'त्यो पनि सिद्धिँदै गइरहेको छ ।' जुन ८ मा सलामदिनस्थित सद्दाम हुसेन मस्जिद नजिकै रेन्टुरेन्टमा उनीहरू काम गरिरहेका बेला एक्कासि गोली-वषर्ा भयो । उनका इराकी मालिक होटल बन्द गरी हिँडे । उनीहरू पनि कोठामा आएर बसे । 'रातभर गोली हानाहान भयो,' उनले भने, 'कसैसँग फोन सम्पर्क गर्ने अवस्था थिएन । इराकमा अरू नेपालीसँग सम्पर्क पनि थिएन ।' स्थिति असामान्य बन्दै गयो । प्रहरी बसेका पोस्टहरूमा विद्रोहीले कब्जा जमाए । सबै सेना र प्रहरी भागे ।विद्रोहीले सहर कब्जा गरेलगत्तै धेरै इराकी घरबार छाडेर भागे । उनका मालिक पनि परिवार लिएर अर्को सहर सुलेमानियातिर लागे । उनीहरूले चलाउने 'कोराक' मोबाइलको सेवा बन्द भयो । परिवारसँग सम्पर्क टुट्यो । आफूहरू संकटमा परेको खबर कतै दिन पाएनन्, उनीहरूले ।होटलमा काम गर्ने एक इराकीले 'इत्तिसलत' मोबाइल कम्पनीको सिम दिएपछि मात्रै आफूहरू द्वन्द्वमा फसेको सूचना उनीहरूले बाहिर दिन पाएका हुन् । तीन साता बित्दा पनि टिक्रिटबाट बाहिर निस्कन सक्ने अवस्थामा उनीहरू छैनन् । 'जतिखेरै गोलाबारुद बर्सिन्छ,' धनबहादुरले भने, 'रातभर गोली पडकइरहेकाले सुत्न सकिने स्थिति छैन । दिउँसो एकदुई घन्टा सुनसान भएका बेला सुत्ने हो ।'उनले भने, 'कतिखेर के हुन्छ थाहा छैन । मरिने हो कि बाँचिनेहो ? यता आफूहरूको यो हालत, उता परिवारबाट आउने रुवाबासीको फोन । धन्न जीवनले थेग्न सकेको छ ।'बेलाबेला साथीभाइ, परिवारबाट आउने सुखद खबरले भने केही आस जाग्ने उनले बताए । 'हामीलाई कस्तो छ भनेर घरी पाकिस्तानबाट सोधखोज हुन्छ, घरी कुबेत र इराकबाटै फोन आउँछ ।' उनले भने, 'यस्ले पनि केही राहत मिल्छ ।'सडक छेउकै घरमा उनीहरू छन् । विद्रोहीको गाडी त्यही सडकबाट दैडिरहेको हुन्छ । बिजुली छैन । पानीको आपूर्ति छैन । 'ट्वाइलेटकै पानी पिइरहेका छौं,' उनले भने, 'कहिलेकाहीं साथीहरू बिरामीहुन्छन् । औषधि उपचार गर्न सकिँदैन । त्योभन्दा पीडा के हुन्छ ?'उनीहरूजस्तै फसेका अरू तीन साथीहरू कानेपोखरी ९ मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक १३ झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर ९ काटोपबहादुर बस्नेतबाट पनि अवस्थाबारे सोधपुछ हुन्छ । 'उताबाट प्रेस दाइले फोन गर्नुहुन्छ,' उनले भने, 'नेपाल सरकारले उद्धारको प्रयास गरिरहेको सुनाउनुहुन्छ ।' गिरी समूहले १० मिनेट पैदल दूरीमा पर्ने टिक्रिट टिचिङ अस्पतालमा शरण लिएका छन् । 'हामी पनि त्यही समूहमा मिसिनेप्रयासमा छौं,' उनले भने ।प्रकाशित मिति:२०७१  असार १३ ०७:५० via ekantipur.com