Friday, March 22, 2013

एसएलसी सकाएर फर्केका विद्यार्थी चढेको जीप दुर्घटना हुँदा १५ घाइते

टेकनारायण भट्टराई, पाल्पा, चैत्र ९, एसएलसी परीक्षा सकिए लगत्तै
विद्यार्थी बोकेर फर्किदै गरेको जिप गुल्मीको दौँघा गाविसमा दुर्घटना
हुँदा १५ जना विद्यार्थी सहित १९ जना घाईते भएका छन्। गुल्मीको आत्मवोध
उच्च माध्यमिक विद्यालय खर्ज्याङ्ग मानकोट केन्द्रबाट एसएलसी परीक्षा
दिएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी दुर्घटनामा
परेका प्रहरीले जनाएको छ।
लु १ ज १७९३ नम्बरको जिप दौघा गाविस ६ को गैरी खुट्टामा दुर्घटना भएको
हो। घाईतेहरु मध्ये ५ विद्यार्थी गम्भीर रहेका र स्थानीय कालिदास
आत्रेयले बताए। दुर्घटनामा परिघाइते हुनेहरुमा कमल घर्ती, बिष्णु घर्ती,
शुरेस ज्ञावली, धनबहादुर राना, दुर्गाबहादुर सोमरे, मैया ज्ञवली,
राजकुमार राना, रबिन ज्ञावली, जिवन घर्ती, प्रकाश सोमरे, सुनिता राना,
सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु
रेश्मी, धनबहादुर सोमरे, अमित थापा लगायत रहेका प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारको लागि पाल्पा ल्याइएको छ। जीप सडकवाट करिव २० मिटर
तल खसेर रुखमा अडि्कएको थियो। क्षमताभन्दा बढी यात्रु राखेका कारण जीप
दुर्घटना भएको हुन सक्ने शंका गरिएको छ। जीप चालक प्रेम सोमै भने फरार
छन्।

No comments:

Post a Comment