टेकनारायण भट्टराई, पाल्पा, चैत्र ३० - यहाँस्थित तानसेन नर्सिङ कलेजका ५
जना छात्राले मात्रा भन्दा धेरै सिटामोल खाएर गम्भीर विरामी परेका छन्।
सिटामोल खाएपछि उनीहरुलाई 'ओभर डोज' भएका छ ।
कलेज हाताभित्र खेलकुद सकेर होस्टेलमा फर्केका ५ जना स्टाफ नर्स पढ्दै
गरेका छात्राले थकाइ र दुखाइ मेट्न भन्दै सिटामोल खाएका प्रहरीले
जनाएकोछ।
आवश्यकता भन्दा धेरै चक्की सिटामोल खाएपछि उनीहरु अचेत बनेका थिए। ५ जना
मध्ये ३ जनाको अवस्था गम्भीर र २ को अवस्था सामान्य रहेको पाल्पाका
प्रहरीप्रमुख स्थानेश्वर रेग्मीले बताए। उनीहरुलाई तानसेन मिसन अस्पतालमा
उपचारका लागि भर्ना गरिएको छ।
गम्भीर ३ जनालाई बान्ता गराएर उपचार गरिराखिएको छ भने कम्तिमा २ दिनसम्म
भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ।
मिसन अस्पताल मातहतमै सञ्चालनमा रहेको कलेजका विद्यार्थीलाई तत्कालै
अस्पताल भर्ना गरिएको र उनीहरु खतरामुक्त रहेका बताइएको छ।
विरामीको रेखदेख गर्ने स्वास्थ्यकर्मी बन्न नर्सिङ पढ्दै आएका
छात्राहरुले नै असावधानीवस यसरी ओभरडोज औषधी खानुलाई अचम्म मानिएको छ।
No comments:
Post a Comment