Wednesday, March 13, 2013

पूर्व युवराज दीपेन्द्रको सम्पत्तिले लण्डनमा घरझगडा

३० फागुन, काठमाण्डौ । तत्कालीन युवराज दीपेन्द्र शाह जो मृत्यु सैयामै
रहेका बेला राजासमेत घोषित भएको थिए उनेको करोडौंको गुप्त सम्पत्तिले
गर्दा बेलायतमा बसोबास गरिरहेका एक गैरआवासीय नेपालीको घरमा कलह मच्चिएको
छ ।
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार त्यो परिवारमा घरझगडा सुरु
भएसँगै पूर्व राजपरिवारमा दीपेन्द्रको सम्पत्तिबारे केही न केही रहस्य
खुल्ने आश पलाएको खवर छापेको छ ।
समाचारअनुसार दीपेन्द्रसँगै लामो समय एडीसी भई काम गरेका र दरवार
हत्याकाण्डलगत्तै बेलायत पलायन भएका राजु कार्कीको घरमा अहिले चर्को झगडा
भएको छ । उनकी श्रीमती ताज राणा कार्कीसँग सम्पत्तिको स्वामित्वका बिषयमा
झगडा भइरहेको हो । कार्कीले अहिले लण्डनमा लाहुरे सेक्युरिटी नामक गार्ड
उपलब्ध गराउने कम्पनी चलाइरहेका छन, नेपालमा पनि उनले त्यही नाममा खोलेको
कम्पनीले राम्रा वैंकहरुमा गार्ड उपलब्ध गराउँछ । उनको कमाई पनि राम्रो छ
। तर ४२ बर्ष पुगेकी श्रीमती ताजले कमाएको पैसा महंगा गहना र सौन्दर्य
साधनमा खर्चिएर २०-२२ बषिर्य जस्तो देखिने गर्न थालेपछि समस्या उत्पन्न
भएको छ । तर ताजको प्रश्न हुन्छ- 'हिज म्याजेष्ट्रीको सम्पत्ति खै ?
त्यही हैन मेरो सम्पत्ति ?' उनीहरुको भाषामा हिज म्याजेष्ट्री भन्नुको
अर्थ तत्कालिन राजालाई जनाउँछ । ताजको आरोप छ- आफुले सानोतिनो खर्च गर्दा
रिसाउने तर दीपेन्द्रको सम्पत्तिले घरका मान्छेलाई पोस्न नछाड्ने Û
राजुका भाई संजय काठमाण्डौमै ब्यापार गर्छन, बृद्ध बाबुआमा संजयकै
संरक्षणमा छन । त्यसैले राजुले बेलाबेला खर्च पठाइरहन्छन ।
जव दरबार हत्याकाण्ड भयो, त्यसपछि ताजले तत्कालीन सेनापति
प्रज्वलसमशेरकहाँ पुगेर राजुलाई जोगाइदिन बिलाप गरेकी थिइन । तर
प्रज्वलले 'हिज म्याजेष्ट्रीहरु बाँच्दासम्म केही नचाहिने अहिले किन
मद्दत चाहियो भनी हप्काएका थिए । त्यसपछि उनीहरु बेलायत पलायन भएका थिए ।
भनिन्छ- दीपेन्द्रको १९ करोड भन्दा बढिको सम्पत्ति बेहिसाव छ ।
दीपेन्द्रसँग अनुहार मिल्ने छोरी
यसैवीच ताजले जन्माएकी छोरी आरुशीको हुर्कंदै गर्दा दीपेन्द्रसँग अनुहार
मिल्दै जान थालेको खवर पनि जनआस्थाले नै छापेको छ । केही बर्ष पहिले नै
जनआस्थाले अबिबाहित तत्कालीन युवराज दीपेन्द्रबाट जन्मिएकी छोरीका बारेमा
खवर छापेको थियो । अहिले तिनै आरुशीकी आमा दीपेन्द्रको सम्पत्तिसम्बन्धी
झगडामा फसेकी छिन ।
पारशलाई सुटुक्क भेट्दै प्रेमिका
यसैवीच थाइल्याण्डमा उपचार गराईरहेका पूर्व युवराज पारश शाहलाई परिवारका
सदस्यबाहेक अन्यलाई भेट्न नदिइएको भएपनि उनकी प्रेमिका कन्निका
चाइसनलेसुटुक्क भेटिरहेको खवर जनआस्थाले छापेको छ ।
उनलाई पछिल्लो समय संरक्षण गर्ने र हृदयघात भएर ढल्दा अस्पताल पुर्‍याउने
एनआरएन थाइल्याण्डका महासचिव सुनिल खडकाले समेत भेटन नपाइरहेका बेला
प्रेमिकाले भने पारशकी पत्नी हिमानी, बाबु ज्ञानेन्द्र लगायत परिवारलाई
छल्दै भेटिरहेकी छिन ।
थाइल्याण्डका एक धनाढ्यकी छोरीकन्निकाको बाक्लो सम्र्पक र पहुँचका कारण
उनले पारशलाई भेटिरहेकी छिन ।

No comments:

Post a Comment