Wednesday, March 13, 2013

कोरियाले कृषिमा साढे ३ हजार नेपाली लैजाने

३० फागुन, काठमाण्डौं । दक्षिण कोरियाको मानव संसाधन विकास -एचआरडी)ले
रोजगारी अनुमति प्रणाली (ईपीएस) मार्फत कृषि क्षेत्रमा ३ हजार ६ सय
नेपाली कामदार लैजाने घोषणा गरेको छ । यसअघि, कृषि र औद्योगिक क्षेत्र
दुवैका लागि कोरियाले नेपाली कामदार लिँदै आएको थियो ।
यसवर्ष कृषिको मात्र भाषा परीक्षा (केएलटी) लिने र सोही अनुसार कामदार
लैजाने उल्लेख छ । यससम्बन्धी औपचारिक घोषणा भने 'मे २१' मा गर्ने
जनाईएको छ ।
ईपीएस केएलटी एचआरडी कोरियाको वेबसाइटमा 'ईपीएस टपिक र सीप परीक्षण
तालिका २०१३' शीर्षकमा २०१३ मा नेपाललगायत आठ मुलुकमा केएलटी परीक्षा
गर्ने उद्घोष गरिएको छ । कोरियाले उज्वेकिस्तान, टिमोरलेस्टे, म्यानमार,
थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स र मंगोलिया सात मुलुकमा भने कृषि र
औद्योगिक क्षेत्र दुबैमा परीक्षा लिनेछ ।
यता, कृषितर्फ कोरिया जान योग्यसूची (रोस्टर) मा नेपाली कामदारको संख्या
कम हुँदै गएपछि कोरियाले पुनः परीक्षा लिन लागेको छ । सन् २०१३ मा
कृषितर्फका लागि करिब २ हजार ६ सय नेपालीलाई रोस्टरमा राखिएको थियो । ती
मध्ये ६ सय कामदारमात्र कोरिया जान बाँकी छन् । औद्योगिक तर्फ करिब ९
हजार नेपाली रोस्टरमा छन्। त्यसैले औद्योगिक क्षेत्रलाई चासो नदिएको
अनुमान गरिएको बुधबारको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment