Wednesday, March 27, 2013

अर्काकी श्रीमती कुट्ने युवक प्रहरी खोरमा

तनहुँ, चैत १४ - अर्काकी श्रीमतीलाई घरभित्रै गएर कुटपिट गरी मरणासन्न
अवस्था पुर्‍याउने तनहुँका एक युवकलाईप्रहरीले पक्राउ गरेको छ। जिल्लाको
श्याम्घा गाविस वडा नं ३ निवासी २९ वर्षीय सरिता विकलाई छिमेकी ३२ वर्षीय
सेराली मियाँले गएराति हात र खुट्टाले निर्घात कुटपिट गरी सख्त घाइते
बनाएका छन्।
कुटपिटबाट विकको होस नखुलेकालेदमौलीस्थित व्यासनगर अस्पतालमा सामान्य
उपचारपछि पोखराको मेट्रो सिटी अस्पतालमापठाइएको घाइतेका मामा रोमबहादुर
विकले जानकारी गराए ।
भान्जीलाई सेरालीको पत्नी समिना र बहिनी लामार मियाँ गरी तीन जना मिलेर
कुटपिट गरेको उनले बताए ।
मियाँलाई शिशाघाट प्रहरी चौकीले नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिरहेको
जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यसैगरी व्यासनगरपालिका वडा नं ४ वेल्टारी निवासी ३५ वर्षीय पवित्रा
खड्कालाई अज्ञात व्यक्तिहरुले कुटपिट गरी गरगहना लुटेका छन्।
पवित्रालाईमर्स्याङ्दी नदी किनारमा फालिएको अवस्थामा फेला पारिएकोहो।
कुटपिटबाट अचेत र अर्धनग्न अवस्थामा रहेकी खड्कालाई बुधबार बिहान घाँस
काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेका थिए।
गोरखाको धुवाकोट गाविसस्थित अकला मन्दिरमा पूजाअर्चना गरेरफर्कने क्रममा
पवित्रालाई अज्ञात व्यक्तिहरुले होलीका दिन जबर्जस्ती रङ दलेर कुटपिट गरी
नदीमा फालिदिएको घाइतेका दाजु नरेन्द्र अधिकारीले बताए ।
खबर पाएलगत्तै उनलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि
पोखरा पठाइएको छ। उनको चारवटा करङ भाँचिएको बताइएको छ। यो घटनामा संलग्न
व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएकोछ।
यस्तै कुटेर पत्नीलाई मार्न खोज्ने एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका – २ बस्ने सुशील साह रहेको जिल्ला
प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पतिको निर्घात कुटपिटबाट सुमित्रादेवीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि
छिमेकीलेतिनको उद्धार गरेका थिए। साहले आफ्नी पत्नीलाई मरणासन्न गरी
कुट्नाका साथै तिनको कपडासमेत जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ। रासस

No comments:

Post a Comment