Wednesday, March 27, 2013

स्थानीय र प्रहरीबीच झडपमा ५ घाइते

सन्तोष सिंह, सर्लाही, चैत १४ - महोत्तरीको गौशालामा होली खेल्दै गरेका
स्थानीय र प्रहरीबीच झडप भएको छ। आक्रोशित स्थानीयले इलाका प्रहरी
कार्यालय गौशालामा ढुङ्गा हानेपछि प्रहरीले गरेकोलाठी चार्जमा स्थानीय ५
जना घाइते भएका छन्। होली खेल्ने क्रममा विवाद भएपछि स्थानीयहरुले प्रहरी
कार्यालयमा ढुङ्ग मुढा गरेको प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले बताए।
अवस्था विग्रिन थालेपछि प्रहरीले लाठि चार्ज गरेको जनाइएको छ। प्रहरीको
कुटपिटबाटगौशाला-२ का महेन्द्र साह हलुवाइ, रामनाथ साह, बिन्दे सदा र नाम
नखुलेको एक महिला तथा एक बालिका घाइते भएका छन् । प्रहरीको कुटाइबाट ५
जना गम्भीर र अन्य समान्य घाइते भएका छन्। लाठी चार्ज र घाइते सम्बन्धमा
प्रहरी बताउन चाहेकोछैन। प्रहरीले केही स्थानीयलाईनियन्त्रणमा लिएको
प्रहरी उपरीक्षक खरेलले बताए।

No comments:

Post a Comment