Wednesday, March 27, 2013

भयानक साइबर आक्रमण, विश्वभरकै इन्टरनेट सुस्त

इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै
इन्टरनेटको गति सुस्त भएको बताइएको छ ।
साइबर विज्ञहरुले यसलाई इतिहासकै सबैभन्दा गम्भीर साइबर हमलाको संज्ञा
दिएका छन् । ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होस्टिङ कम्पनीहरु बीचको
विवादका बीच बदलापूर्ण आक्रमणका कारण इन्टरनेटको मूख्य आधारशीलामै क्षति
पुगेकोविज्ञहरुको भनाइ छ ।
यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर
पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।
जेनेभा र लण्डनमा कार्यालय रहेको ह्याकर प्रतिरोधी इन्टरनेट संस्था
स्पामहसले विभिन्न इन्टरनेट होस्टिङ कम्पनीलाई कालोसूचिमा राखेर सर्भर नै
बन्द गरिदिएपछि होस्टिङ कम्पनी र उक्त समूहबीच विवाद बढेको हो । इन्टरनेट
प्रदायक कम्पनीहरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन
गरेको, अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर समूहलाई मलजल गरिरहेको
आरोप उक्त संस्थाको छ ।
आफुले इन्टरनेट प्रदायकहरुका त्यस्ता गतिविधिमा निगरानी गरेसँगै आफूमाथि
केही हप्ता यता विभिन्न खाले साइबर आक्रमण भएका उक्त संस्थाको दाबी रहेको
छ । स्मापहसका मुख्य कार्यकारी स्टेभ लिनफोर्डका अनुसार
साइबरआक्रमणविरुद्ध इन्जिनियरहरुले काम गरिरहेका छन् । यो साइबर आक्रमण
निकै भयानक रहेको र त्यसको बारेमा विभिन्न देशका साइबर पुलिस फोर्सले
अनुसन्धान गरिरहेका बताइएको छ ।
यस्तो साइबर आक्रमणबाट सरकारी विद्युतिय सूचना समेत असुरक्षित बन्ने खतरा
रहेको बताइन्छ । निकै तिब्र गतिमा यो साइबर हमला भैरहेको पनि उक्त
संस्थाले जनाएको छ । सरे विश्वविद्यालयका साइबर सुरक्षा विज्ञ एलान
वुडवार्डकाअनुसार यो साइबर हमलाबाट विश्वभरीकै इन्टरनेटमा प्रभाव परेको छ
र इन्टरनेटको गति समेत धिमा भएको छ ।

No comments:

Post a Comment