Friday, March 29, 2013

दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ

१६ चैत, काठमाण्डौ । एक पाकिस्तानी पुरुषसँग अवैध सम्बन्ध कायम गरेको
आरोपमा दुबईमा एक नेपाली महिला कामदारले जेल सजाय पाएकी छिन् । डि.के.
नाम दिइएकी ती २८ वर्षकी नेपाली महिलालाई ३० वर्षका पाकिस्तानी कामदारसँग
अवैध सम्बन्ध कायम गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो ।
ती पाकिस्तानी युवक नेपाली महिला बस्ने घरमा छिरेर अवैध सम्बन्ध कायम
गरेको पाइएपछि दुबइको एक अदालतले दुबै जनालाई एक-एक वर्षको जेल सजाय
सुनाएको हो । एक दिन ती पाकिस्तानी युवक नेपाली महिलाले काम गर्ने घरमा
छिरेरसँगै बसिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई पक्राउ गरी
मुद्दा चलाइएको थियो ।
ती नेपाली महिलाले पाकिस्तानी युवकसँगको सम्बन्धबाट गर्भ समेत बोकेको र
अहिले उनी ५ महिनाकी गर्भवती रहेको बताइएको छ । अदालती फैसला अनुसार
नेपाली महिला कामदार र पाकिस्तानी पुरुष कामदारलाई एक वर्षको जेल सजायँ
पछि आ-आफ्नो देश फर्काइनेछ ।

No comments:

Post a Comment